२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

सूर्यग्रहण जारी, २ बजेर २३ मिनेटमा सकिने



काठमाडौं । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको खण्डग्रास सूर्यग्रहण जारी छ ।

३ घण्टा ३३ मिनेट अवधि लामो वलय सूर्यग्रहण विश्वका विभिन्न मुलुकबाट हेरिएको छ । अपरान्ह २ बजेर २३ मिनेटमा सकिने सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिएको छ ।

काठमाडौं उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको छ । तर, नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

खगोलविद्हरुका अनुसार दिउँसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको देखिएको छ । सो समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव भएको छ ।

सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन् । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्न सकिने छ ।

धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छन भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने छ । तर खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।

तस्बिरः प्रदीपराज वन्त/रासस

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १ : ४४ बजे

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

इलाम-२ एमालेका नेम्वाङको अगाडि

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा । रुपन्देही-४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले