१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

संखुवासभाको मकालुमा पहिरो झर्दा आंशिक रुपमा अरुण नदी थुनियो



संखुवासभा । ७ संखुवासभाको मकालु गाउँपालिका वाड नं.२ र ५ मा पर्ने बोयामफेदी भन्ने ठाउँबाट पहिरो झरेर अरुण नदीको केही भाग थुनिएको छ ।

केही दिन अघिदेखि परेको अविरल बर्षाको कारण गएराति गएको पहिरोले आंशिक रुपमा अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए ।

मल्लका अनुसार, गएराति गएको पहिरोले स्थानीय ललितबहादुर राई र उनको छोरा जयप्रकाश राईको ७ जनाको परिवार विस्थापित भएको बताए ।

विस्थापित परिवारलाई घरबाट केही टाढाका समथर भूभागमा प्रहरी र गाउँलेहरुले उद्धार गरेको छ । ललितबहादुरको घरमुनीबाट करिब ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको छ ।

ललितबहादुरका साथै २ नम्बर वडा सदस्य हिरालाल राई र बिर्खबहादुर राईको गोठ समेत उच्च जोखिममा परेको छ । पहिरोका कारण स्थानीयहरु त्रसित बनेका छन् । गयराती देखी गएको अझै पनि रोकिएको छैन् । पहिरो झरिरहेको प्रहरीको भनाइ छ । घटनाको सम्पूर्ण विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रनाउ मल्लको भनाइ छ ।

अरुण थुनिएपछि बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रहरु समेत जोखिममा परेका छन् । त्यसका साथै अरुण नदीसंगै हेलुवाबेसी, चेवाबेसी, मनकामना लगायतका क्षेत्रका नदी आसपासका स्थानीयहरुमा जोखिम बढेको छ । स्थानीय प्रशासनले सर्तक र सचेत रहन समेत आग्रह गरेको छ । उक्त क्षेत्र गत वर्ष समेत ठूलो पहिरोले धेरै ठूलो क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : २४ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई