४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मीको छत्रकोटका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका मैनडाँडाका ६९ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्यारालाइसिसको उपचारका लागि लकडाउनकै समयमा भारत गएर फर्किएका ती पुरुषको असार ५ गते घरमै मृत्यु भएको थियो ।

मृत्युपश्चात स्वाब लिएर परीक्षणका लागि भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको शवलाई नेपाली सेनाले असार ६ गते नै व्यवस्थापन गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ४ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको