२० माघ २०८२, मंगलबार | February 3, 2026

विद्यार्थी र शिक्षकका लागि भायानेटको तिब्र गतिको इन्टरनेट प्याकेज



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले लकडाउनमा रहेका विद्यार्थीहरुका लागि तिब्र गतिको इन्टरनेट प्याकेज ल्याएको छ ।

भायानेटले विद्यार्थी र शिक्षकहरुका लागि ई–लर्निङ टिभींनामक दुई नयाँ प्याकेजहरु ल्याएको हो । लकडाउनका कारण सबै शैक्षिक संस्थानहरु बन्द भएको र इ–लर्निङ सुरुभएको भन्दै भायानेटले विद्यार्थी तथा शिक्षकहरुलाई थप व्याण्डविथ दिने उद्देश्यले नयाँ प्याकेज ल्याएको जनाएको हो ।

भायानेटको नयाँ ई–लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५०एमबीपीएस सम्म दोब्बर गर्र्नसक्छ र अन्य समयमा २५ एमबीपीएसमा संचालन हुने जनाएको छ । विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो ।

प्याकेजमा “फोकस मोड” विशेषता र नेटटिभी टिभी सर्भिस जस्ता विशेष सेवाहरु समावेश रहेका छन् । “फोकस मोड” विशेषता भायासेक्योरद्वारा पावर गरिएको र यसको मद्दतले गेमहरु, युट्यूब, फेसबुक र अन्यथुप्रै साइटहरु एक क्लीकमै असक्षम गर्न प्रयोगकर्तालाई सहयोग मिल्ने जनाएको छ । जसका कारण, विद्यार्थीहरुलाई कक्षामा राम्ररी ध्यान दिन र अभिभावकलाई आप्mनो काममै ध्यानदिइरहेका छन् भन्ने सुनिश्चितता प्रदान गर्ने भायानेटले दाबी गरेको छ ।

यसैगरी यस प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथपज् र प्ले, क्याचअप टिभी, मूभी अन डिमाण्ड र मोबाइलएप जस्ता विशेषताहरु छन् । ई–लर्निङ्ग प्याकेज प्रतिमहिना १७०० मा उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ०१ बजे

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन