१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विद्यार्थी र शिक्षकका लागि भायानेटको तिब्र गतिको इन्टरनेट प्याकेज



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले लकडाउनमा रहेका विद्यार्थीहरुका लागि तिब्र गतिको इन्टरनेट प्याकेज ल्याएको छ ।

भायानेटले विद्यार्थी र शिक्षकहरुका लागि ई–लर्निङ टिभींनामक दुई नयाँ प्याकेजहरु ल्याएको हो । लकडाउनका कारण सबै शैक्षिक संस्थानहरु बन्द भएको र इ–लर्निङ सुरुभएको भन्दै भायानेटले विद्यार्थी तथा शिक्षकहरुलाई थप व्याण्डविथ दिने उद्देश्यले नयाँ प्याकेज ल्याएको जनाएको हो ।

भायानेटको नयाँ ई–लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५०एमबीपीएस सम्म दोब्बर गर्र्नसक्छ र अन्य समयमा २५ एमबीपीएसमा संचालन हुने जनाएको छ । विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो ।

प्याकेजमा “फोकस मोड” विशेषता र नेटटिभी टिभी सर्भिस जस्ता विशेष सेवाहरु समावेश रहेका छन् । “फोकस मोड” विशेषता भायासेक्योरद्वारा पावर गरिएको र यसको मद्दतले गेमहरु, युट्यूब, फेसबुक र अन्यथुप्रै साइटहरु एक क्लीकमै असक्षम गर्न प्रयोगकर्तालाई सहयोग मिल्ने जनाएको छ । जसका कारण, विद्यार्थीहरुलाई कक्षामा राम्ररी ध्यान दिन र अभिभावकलाई आप्mनो काममै ध्यानदिइरहेका छन् भन्ने सुनिश्चितता प्रदान गर्ने भायानेटले दाबी गरेको छ ।

यसैगरी यस प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथपज् र प्ले, क्याचअप टिभी, मूभी अन डिमाण्ड र मोबाइलएप जस्ता विशेषताहरु छन् । ई–लर्निङ्ग प्याकेज प्रतिमहिना १७०० मा उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा