४ पुस २०८२, शुक्रबार | December 19, 2025

चीनसँग पनि सीमाङ्कनको टुङ्गो लगाउन सीमाविद् श्रेष्ठको सुझाव



काठमाडौं । सीमाविद बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाकङ्न टुंगो लगाउनुपर्ने बताएका छन् ।

लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएको उल्लेख गर्दै सीमाविद् श्रेष्ठले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रिदेशीय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए ।

चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशिय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दु समेत कायम नभएको उल्लेख गर्दै श्रेष्ठले चीनलाई सिमाङ्कन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशीय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने बताए ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने धारणा राखे । सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने उनले बताए ।

केन्द्रीय तथ्याङ्क विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै श्रेष्ठले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कुटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने जिकिर गरे ।

सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्ने भन्दै श्रेष्ठले सडकमा आएर दुई चार शब्द भन्दै विच्काएर नहुने धारणा राखे । नेपाली भूमिबाट भारतीय सेना फिर्ता वातावरण नेपालले बनाउनुपर्ने उनले बताए । भारत वार्ताका लागि कुनै पनि हालत तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गराउनुपर्ने उनले सुझाव दिए ।

भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै सीमाविद् श्रेष्ठले राष्ट्रसंघमा रहेका देशहको माध्यमबाट भारतलाई वार्ताका लागि दबाव सिर्जना गर्नुपर्ने धारणा राखे ।

अद्यावधिक नक्सा अनुसार संविधान संशोधन भएपछि अबको कदम के हुने भनेर जिज्ञासा राखेका थिए । समितिले राष्ट्रिय महत्वको दस्तावेज तयार गरी संसदमा पेश गर्ने तयारी गरेको समिति सभापति रामनारायण विडारीले बताए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : २२ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ