२० आश्विन २०८३, मंगलबार | October 7, 2026

सुदूरपश्चिम प्रदेश सरकारद्धारा कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा ५७ करोड बढी खर्च



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म ५७ करोड ४८ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट ४२ करोड ४८ लाख र प्रदेश सरकारको थप १५ करोड कोभिड–१९ को उपचार रोकथाम र व्यवस्थापनका लागि खर्च भएको जानकारी दिनुभयो ।

भेन्टिलेटर र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री खरिदलगायतका काममा २० करोड खर्च भएको जनाइएको छ । कोभिड–१९ को शुरुको चरणमा धनगढी उपमहानगरपालिकालाई ५ लाख, ३३ वटा नगरपालिकालाई चार लाख र ५४ वटा गाउँपालिकालाई तीन लाखका दरले रकम उपलब्ध गराइएको थियो ।

दोस्रो चरणमा राहत वितरण गर्न १५ करोड २६ लाख र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न ६ करोड बजेट उपलब्ध गराइएको मन्त्री शाहले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी एक करोड ५० लाख रकम उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ५० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते