४ श्रावण २०८३, सोमबार | July 21, 2026

सुदूरपश्चिम प्रदेश सरकारद्धारा कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा ५७ करोड बढी खर्च



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म ५७ करोड ४८ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट ४२ करोड ४८ लाख र प्रदेश सरकारको थप १५ करोड कोभिड–१९ को उपचार रोकथाम र व्यवस्थापनका लागि खर्च भएको जानकारी दिनुभयो ।

भेन्टिलेटर र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री खरिदलगायतका काममा २० करोड खर्च भएको जनाइएको छ । कोभिड–१९ को शुरुको चरणमा धनगढी उपमहानगरपालिकालाई ५ लाख, ३३ वटा नगरपालिकालाई चार लाख र ५४ वटा गाउँपालिकालाई तीन लाखका दरले रकम उपलब्ध गराइएको थियो ।

दोस्रो चरणमा राहत वितरण गर्न १५ करोड २६ लाख र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न ६ करोड बजेट उपलब्ध गराइएको मन्त्री शाहले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी एक करोड ५० लाख रकम उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ५० बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा