१७ बैशाख २०८२, बुधबार | April 30, 2025

कोरोना संक्रमणबाट सुदुरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहोनराज मल्लको मृत्यु



काठमाडौं । सुदुरपश्चिम प्रदेशका पूर्व प्रदेशप्रमुख मोहोनराज मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

ललितपुरको पुल्चोकस्थि निदान अस्पतालमा उपचार गराइरहेका मल्लको आज बिहान मृत्यु भएको ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । ।

कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि निमोनियाबाट पीडित थिए ।

नयाँ संविधानअनुसार नेपालमा संघीयता लागुभएपछि तत्कालिन शेरबहादुर देउवा सरकारले मल्ललाई सुदुरपश्चिम प्रदेश (प्रदेश नं. ७)को प्रदेशप्रमुख बनाएको थियो । २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते शपथ लिएका थिए ।

त्यसअघिसम्म नेपाली कांग्रेसको महासमिति सदस्य रहेका कैलालीका पुराना राजनीतिज्ञ मल्ल २०३७ देखि ०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए । २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्लका एक छोरा र एक छोरी छन् ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ८ : २८ बजे

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल

आज अन्तरराष्ट्रिय ज्याज दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक