२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

पाल्पाको सम्मोबारीमा भीषण पहिरो, ४ वटा गाडी पहिरोले बगायो



पाल्पा । पाल्पाको तानसेन रिडी खण्डको सम्मोबारी नजिकै पहिरोले ४ वटा सवारी साधन बगाएको छ भने २ जनाको ज्यान गएको छ ।

पाल्पाको सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार पहिरोसंगै बगेको छ । लु १ क १९२८ नम्बरको ट्याङ्कर, लु २ ख १३७६ नम्बरको मिनी ट्रक, लु १ च ७०११ नम्बरको कार तथा लु १ च ७०४३ नम्बरको कुखुरा बोक्ने भ्यानलाई पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

पहिरोबाट २ जनाको शव प्रहरीले निकालेको छ भने एक जना गम्भीर घाइते भएकाको अवस्थामा उद्धार गरेर अस्पताल पठाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक डम्बर बहादुर बिकले जानकारी दिए ।

सवारी साधनमा कति मानिसहरु सवार थिए भन्‍ने थाहा हुन सकेको छैन । बिहान गएको पहिरो पन्छाउन गाडीहरुलाई साईड लगाएर राखेको अवस्थामा रोकिएकै स्थानमा पहिरो खसेर ४ वटा सवारी साधन बगाएको एसपी बिकले बताए । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । प्रहरीका अनुसार पहिरो डेढ सय मिटर लामो छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ३५ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट