२० माघ २०८२, मंगलबार | February 3, 2026

भाडामा बस्ने व्यवसायीले गरे घरभाडा मिनाहा कार्यान्वयन गराउन सरकारसंग माग



भैरहवा । घरबहालमा बसेर व्यवसाय गर्ने व्यवसायीहरुले घरभाडा, व्यवसायिक कर, घरबहालकरमा छुटको माग गरेकाछन् ।
नेपाल घरबहाल सरोकार संघ सिद्धार्थनगर नगरसमितिले सरोकारवाला संघ संस्था, प्रतिनिधीहरुसँग गरेको छलफलमा सहभागि उनीहरुले विश्वव्यापी कोभिड–१९ महामारी जस्तो विषम परिस्थीतीलाई मध्यनजर गर्दै ५० प्रतिशत सम्म घर भाडा छुटको माग गरेका छन् ।

घर बहालमा बस्नेको हकहितमा आवाज उठाउदै आएको संघले जारी लकडाउनबाट उत्पन्न व्यवसायिक अस्तव्यस्तताका कारण अधिकांस व्यापार व्यवसाय धरापमा परेको र केही बन्द समेत हुन पुगेकोले सो समस्या निराकरणका लागि संयुक्त व्यवसायिक संघ सस्थाहरुबीच छलफल र सुझाव लिएको नेपाल घर बहाल सरोकार संघ सिद्धार्थनगरका अध्यक्ष नारायण कुवरले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, लुम्बिनी निर्माण व्यवसायीसंघ, सुनचादी व्यवसायी संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, व्युटी पार्लर संघ लगायतका दर्जन बढि व्यवासायीक संघसस्थाका प्रतिनिधीहरु बीच भएको छलफलबाट उठेका सुझावलाई विज्ञप्ती मार्फत स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराइने संघका जिल्ला अध्यक्ष खगेन्द्र पौडेलले बताए ।

घरबहाल संघले ६ महिनाको घरबहाल कर मिनाहा गर्न, बहाल बृद्धि र संरक्षण, बैक व्याज ३ महिनाको लागि मिनाहा, रेडजोनमा परेका व्यवसायिक क्षेत्रलाई स्वास्थ्य सुरक्षालाई अवलम्बलन गरी सुरक्षित तबरले सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
छलफलमा उपस्थित व्यवसायिक प्रतिनिधीहरुले एकबद्धता जनाउदै व्यवसाय आक्रान्त भएको उचित आर्थिक प्याकेज ल्याउनु पर्ने, छुट दिएका र नदिएका बीच अन्तरक्रिया गराई राहत स्वरुप मागहरुको सम्बोधन गर्नु पर्ने, व्यवसायिक क्षेत्रलाई अहिलेको संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, व्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको व्यवस्थाका लागि सुझाव राखेका थिए । उनीहरुले कोरोनाका कारण बिहान बेलुका छाक टार्न धाउधाउ हुनेहरु, जीविकोपार्जन गर्दै आएका मजदुर तथा श्रमिकलाई पूर्ण रुपमा घरभाडा छुटको कार्यान्वयन अनिवार्य गर्न आवश्यक रहेको औल्याए ।

घरबहाल संघका केन्द्रिय निवर्तमान अध्यक्ष शंकर कोइरालाले बहाल संरक्षक ऐन स्थानीय तहले लागु गर्नु पर्ने बताए । ५० प्रतिशत घरभाडा छुट गर्न स्थानीय सरकारलाई आग्रह गर्दै आएको बताउदै कोइरालाले भाडाकै कारण बन्द भएको र बन्द हुने अवस्थामा पुगेका प्रतिष्ठानलाई पुनर्रस्थापना र निरन्तरताका लागि पहल गरिने, घरभाडा छुट दिएकालाई सम्मान र अभिनन्दन गर्ने, घर र घरवेटीको आपसी अन्योलतालाई चिर्न एक आपसमा सहजीकरण गर्न संघ लागेको बताए ।

कसैलाई मर्का नपर्ने गरी वार्ताको माध्यमबाट मागहरु सम्बोधन गर्न संघ देशव्यापी रुपमा अघि बढेको भए पनि अन्तिम समय सम्म सम्बोधन र कार्यान्वयन नभए घरबहाल संघ सडकमा जान पनि तयार रहेको आयोजक सस्थाले जनाएका छन ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ५१ बजे

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’