१९ असार २०८३, शुक्रबार | July 3, 2026

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एकजनाको बाटैमा मृत्यु



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित बालसेवा स्कुलको क्वारेन्टिनमा बसेर घर फर्किएका ३६ वर्षे युवकको सोमबार साँझ बाटैमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक बिष्टले क्वारेन्टिनबाट वडा नम्वर- ७ स्थित आफ्नो घर जाँदै गर्दा स्थानीय बगनिया चोकनेर अचानक ढलेका उनको मृत्यु भएको बताउनुभयो । ‘अहिले उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका लागि सेती प्रयोगशालामा पठाईएको छ,’ उहाले भन्नुभयो, ‘शव कसैलाई छुन दिइएको छैन ।’

डिएसपी बिष्टका अनुसार उनी जेठ २६ गते भारतबाट आएका थिए । सिधै क्वारेन्टिनमा राखिएका उनको आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएको थियो । क्वारेन्टिनमा बसेको १४ दिन पुरा भएकाले सोमबार घर पठाइएको हो । घर फर्कने बेलासम्म उनलाई कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ०३ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई