८ कार्तिक २०८३, आइतबार | October 25, 2026

विदेशमा रहेका नेपालीको उद्दारकार्य जारी, मंगलबार पनि सयौं जना काठमाडौं आइपुग्दै



काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गरिरहेका छन।

जजीरा, कतार, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गरेका छन् । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन् ।

मंगलबार मात्रै अन्तर्राष्ट्रिय नौ र आन्तरिकतर्फ आठ उडान हुने विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीबाट २५९ नेपाली काठमाडौँ ल्याउँदैछ ।

गएराति सिड्नी उडेको नेपाल एयरलाइन्सको वाइड बडी जहाज उताबाट यात्रु भरेर काठमाडौँका लागि उडिसकेको बताइएको छ । एयरलाइन्सको अन्य मुलुकबाट पनि उडान गर्ने तालिका छ ।

हिमालय एयरलाइन्सले दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट मंगलबार १४५ नेपाली स्वदेश फर्केको कतारस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड– १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली भएको दूतावासले उल्लेख गरेको छ ।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरण अन्तर्गत दोस्रो उडानमार्फत दोहाबाट काठमाडौँका लागि हिमालय एयरलाइन्सको उडानबाट १४५ नेपाली फर्किएको जनाएको छ । यी उडानमा एक गर्भवतीसहित ६१ महिला र ८४ पुरुष रहेको दूतावासले जनाएको छ ।

सोही एयरलाइन्सले मंगलबार नै कुवेतबाट नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याउने कार्यतालिका छ । चार दिनयता दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।

सोमबार अन्तर्राष्ट्रियमा १० र आन्तरिकमा सात उडान भएका थिए । आइतबार दुबैगरी १६ र शनिबार १५ उडान भएको विमानस्थलले जनाएको छ । विदेशबाट नेपाली उद्धारका लागि बाक्लो सङ्ख्यामा चार्टर्ड उडान भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । यो प्रक्रिया जुन महिनाभर चल्नेछ ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले जुन महिनाभरका लागि उडान तालिका सार्वजनिक गरिसकेका छन् भने विभिन्न मुलुकाट हुने उद्धार उडानको पनि तालिका बनेको छ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज प्रयोग भएका छन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १ : ०७ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको