१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

सप्तरीमा गर्भवती महिला र उनकी तीन वर्षीया छोरीले जिते कोरोना



सप्तरी । कोरोना संक्रमित भई उपचार्थ आइसोलेशनमा भर्ना भएकी एक गर्भवती महिला र उनको तीन वर्षीया छोरी निको भएर घर फर्किएकी छिन् ।

कोरोना संक्रमित भई गत जेठ १४ गते यहाँस्थित साइकृष्णा अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएकी सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. ५ रामनगरकी निर्मलादेवी यादव र उनको तीन वर्षीया छोरी अंजली मंगलबार डिस्चार्ज भएकी हुन् ।

आमाछोरी एक महिनाअघि भारतको हरियाणबाट घर फर्केकी थिइन् । उनलाई गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको तथा स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेशनमा पठाइएको बलानविहुल गाउँपालिका स्वास्थ्य चौकीका संयोजक मो. नसिम राइनले बताए ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रन्जित झाले दुई पटक गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । डा. झाले डिस्चार्ज भएकी अन्जलीकी आमा गर्भवति समेत रहेको जानकारी दिए ।

यसैबीच सप्तरीमा मंगलबार एक महिलासहित १९ जनामा कोरोना संक्रमण फेला परेको छ । एकै दिन यति ठूलो संख्यामा जिल्लामा पहिलो पल्ट संक्रमित फेला परेको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९५ पुगेको छ ।

पछिल्लो पटक संक्रमित फेला परेका मध्ये १६ जना तिलाठी कोइलाडी गाउँपालिकाका छन् भने ३ जना हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् । १६ दिन अघि भारतका विभिन्न सहरबाट घर फर्केका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

जिल्लामा हालसम्म फेला परेका कुल १ सय ९५ संक्रमित मध्ये ९० जना निको भएर घर फर्किसकेका छन् भने १ सय ५ जना अझै आइसोलेशनमा राखि उपचार कार्य भइरहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. झाले जानकरी दिए ।

हाल सम्ममा सप्तरीको १८ मध्ये १६ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : २४ बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन