६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सप्तरीमा गर्भवती महिला र उनकी तीन वर्षीया छोरीले जिते कोरोना



सप्तरी । कोरोना संक्रमित भई उपचार्थ आइसोलेशनमा भर्ना भएकी एक गर्भवती महिला र उनको तीन वर्षीया छोरी निको भएर घर फर्किएकी छिन् ।

कोरोना संक्रमित भई गत जेठ १४ गते यहाँस्थित साइकृष्णा अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएकी सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. ५ रामनगरकी निर्मलादेवी यादव र उनको तीन वर्षीया छोरी अंजली मंगलबार डिस्चार्ज भएकी हुन् ।

आमाछोरी एक महिनाअघि भारतको हरियाणबाट घर फर्केकी थिइन् । उनलाई गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको तथा स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेशनमा पठाइएको बलानविहुल गाउँपालिका स्वास्थ्य चौकीका संयोजक मो. नसिम राइनले बताए ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रन्जित झाले दुई पटक गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । डा. झाले डिस्चार्ज भएकी अन्जलीकी आमा गर्भवति समेत रहेको जानकारी दिए ।

यसैबीच सप्तरीमा मंगलबार एक महिलासहित १९ जनामा कोरोना संक्रमण फेला परेको छ । एकै दिन यति ठूलो संख्यामा जिल्लामा पहिलो पल्ट संक्रमित फेला परेको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९५ पुगेको छ ।

पछिल्लो पटक संक्रमित फेला परेका मध्ये १६ जना तिलाठी कोइलाडी गाउँपालिकाका छन् भने ३ जना हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् । १६ दिन अघि भारतका विभिन्न सहरबाट घर फर्केका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

जिल्लामा हालसम्म फेला परेका कुल १ सय ९५ संक्रमित मध्ये ९० जना निको भएर घर फर्किसकेका छन् भने १ सय ५ जना अझै आइसोलेशनमा राखि उपचार कार्य भइरहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. झाले जानकरी दिए ।

हाल सम्ममा सप्तरीको १८ मध्ये १६ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : २४ बजे

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ