१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना भाइरसको उपचारमा कसरी प्रभावकारी बने परम्परागत चिनियाँ औषधी !



भारतको केन्द्रीय आयुष मन्त्रालयले मंगलबार आयुर्वेदिक औषधी निर्माता पतन्जलीको कोरोना विरुद्ध भनिएको औषधी प्रयोग र विज्ञापनमा तत्कालका लागि रोक लगायो । मन्त्रालयलाई अनुसन्धानबारे जानकारी नदिएको, पर्याप्त अनुसन्धान र त्यसको क्लिनिकल ट्रायलबारे प्रष्ट नपारेको भन्दै आयुष मन्त्रालयको जिकिर थियो । बाबा रामदेव र आचार्य बालकृष्णको कम्पनी पतन्जलीले कोरोना भाइरस निको पार्ने शतप्रतिशत अचुक औषधी भन्दै कोरोनिल नाम दिइएको औषधीको लन्च गरेका थिए ।

कोरोना विरुद्धको औषधी र खोप तयार पार्न विश्वभरका वैज्ञानिकहरु रात दिन खटिएका छन् । यसका लागि अर्बौ डलरको परियोजना संचालन भैरहेका छन् । चीन, अमेरिका, वेलायत लगायतका मुलुकका अनुसन्धानकर्ताहरुले खोप/औषधी पत्ता लगाउन मेहनत गरिरहेको बेला पतन्जलीले हाम्रै जटिबुटीको मिश्रण गरेर कोरोना विरुद्ध औषधी उत्पादन गर्नुलाई त उत्साहपूर्वकै हेर्नुपर्छ । तर, शतप्रतिशत दाबी गर्दै र क्लिनिकल ट्रायलमा शंका व्यक्त गर्ने स्थान आफ्नै देशको विभागीय मन्त्रालयलाई दिनुलाई भने हतारो गरेको मान्न सकिन्छ ।

तर, आयुर्वेद विज्ञानले सबैखाले रोग विरुद्ध लड्न सक्ने अनुसन्धान गर्न सक्छ भन्ने तथ्यलाई भने स्वीकार गर्नैपर्छ । आयुर्वेदसँग मिल्दोजुल्दो उपचार पद्धती चीनमा पनि रहेको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा परम्परागत चिनियाँ उपचार पद्दतीको माध्यमबाटै ९० प्रतिशत कोरोनाका रोगीलाई ठिक पारिएको थियो । चीनले आफ्नो उपचार पद्दतीलाई विश्वव्यापी समेत बनाएको छ । कोरोना विरुद्ध ठ्याक्कै यही औषधी यो हो भनेर चीनले पनि दाबी भने गरेको छैन । तर परम्परागत चिनियाँ उपचार पद्दतीमार्फत गरिएको उपचार भने प्रभावकारी देखिएको छ । आज हामी कोरोना भाइरस विरुद्ध टीसीएमले कसरी प्रभावकारी काम गर्यो भन्नेबारे झाङ याङफेईले चाइना डेल्लीमा प्रकाशित गरेको अर्को एक रिपोर्ट प्रकाशित गर्दैछौं । उनले जडीबुटीबाट बनेको फोक्सो सफा गर्ने औषधी (लङ क्लिन्जिङ डेटोक्सिफाइन डिकोक्सन)बारे चाइना डेल्लीमा रिपोर्ट लेखेका छन् ।

फोक्सो सफा गर्ने औषधी (लङ क्लिन्सिङ एण्ड डिटोक्सिफाइङ डिकोक्सन) चिनियाँ परम्परागत औषधी वा औषधी तयार गर्ने विधि हो । यसलाई चिनियाँ भाषामा शाङ हान जा लुन भनेर चिनिन्छ ।

झाङ झोङचिङले इस्वी संवत् २२० मा ‘कोल्ड ड्यामेज डिसिजेज’ अर्थात् चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याका लागि जडीबुटीका २१ तत्वहरू मिलायर तयार गरिएको एउटा औषधी बनाएका थिए । आजपर्यन्त यो औषधी प्रख्यात छ । मुख्यतयाः यसको प्रयोग ज्वरो, खोकी र थकानका साथै फोक्सोको सङ्क्रमित अवस्थाका लक्षणहरू सुधार गर्नमा प्रभावकारी हुन्छ ।

छाती तथा फोक्सोको सङ्क्रमणका कारण गम्भीर विरामीलाई सिटी स्क्यानद्वारा देखिने समस्यामा यसको प्रयोग हुन्छ ।

डिकोक्सनले धेरैथरी मानव शरीरका कोष, झिल्ली तथा तन्तु आउने समस्यालाई नियमित गर्दछ । किनकि कोषले वातावरणीय परिवर्तनहरूको प्रतिक्रियामा रासायनिक सङ्केतहरू प्राप्त गर्छ अनि यसलाई एकआपसमा सञ्चार गरी प्रशोधन गर्ने काम गर्छ । भाइरसको प्रतिकृति रोक्न र साइटोकाइनको अनावश्यक हस्तक्षेपलाई कोषमा छिर्ने काममा अवरोध गर्छ । डिकोक्सनले शरीरको रोग प्रतिरोधात्मक शक्ति उत्पादन गर्ने कोषिकाको नाश कम गर्ने क्रियामा पनि सहयोग गर्छ ।

डिकोक्सनले खास गरी फोक्सो र अन्य अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ । त्यसैले यो औषधी (डिकोक्सन) सामान्य, मध्यम, गम्भीर र निकै जटिल स्वास्थ्य अवस्थाका विरामीका लागि उपयोगी हुन्छ ।

चिनियाँ चिकित्सा विज्ञानको अध्यापन गरिने चिनियाँ शिक्षालयका प्रमुख अन्वेषक तोङ सिआओलिङ भन्छन्, “चीनका विभिन्न १० प्रान्तका एक हजार २६१ कोभिड–१९ सङ्क्रमित बिरामीलाई डिकोक्सन दिइएको थियो । त्यसमध्ये एक हजार १०२ व्यक्ति निको भएका थिए जसमध्ये २९ व्यक्तिमा कोभिड–१९ को लक्षण नै देखिएको थिएन भने ७१ व्यक्तिको स्वास्थ्यमा सुधार आएको थियो । यस औषधीको प्रयोगबाट कुनै पनि बिरामीको स्वास्थ्य अवस्थामा थप समस्या आएको थिएन ।”

सङ्क्रमित गम्भीर बिरामीमध्ये ४० व्यक्तिलाई डिकोक्सनको प्रयोग गरिएको थियो । यसको प्रयोगपछि २८ व्यक्ति निको भएर अस्पतालबाट घर फर्केका थिए भने १० जनाको स्वास्थ्यमा सुधार देखिएको थियो जसका कारण ती विरामीको अवस्था गम्भीरबाट सामान्यमा फर्किएको थियो ।

डिकोक्सनको मात्रा बनाउँदा प्रयोग हुने जडीबुटीको मात्रा :
इफेड्रा ९ ग्राम (9g mahuang or ephedra herb)
याडिक्स ग्लाईसिरीजायप्रिपराटा ६ ग्राम (6g zhigancao or radix glycyrrhizaepreparata)
बदाम ९ ग्राम (9g xingren or almond)

१५–३० ग्राम ड्राई जिप्सम (15-30g shengshigao or gypsum (fried first))
क्यासिया टुक्रा ९ ग्राम (9g guizhi or cassia twig)
अलिस्मा अरिएन्टेल ९ ग्राम (9g zexie or Alisma Orientale)

पोलीपोरसम्ब्रेलाटस ९ ग्राम (9g zhuling or polyporusumbrellatus)
लार्जहेड अट्र्याक्टीलोड्स रिजोम ९ ग्राम (9g baishu or largehead atractylodes rhizome)
पोरिया ९ ग्राम (15g fuling or poria)

बुप्लेरम चाइनेन्स १६ ग्राम (16g chaihu or bupleurum chinense)
बाइकल स्कलक्याप रूट ६ ग्राम (6g huangqin or baical skullcap root)
अदुवाको मिसावटसहितको पाइनेलीटर्नाटा ९ ग्राम (9g jiangbanxia or pinelliaternata processed with ginger)

ग्रीन रिजोम १२ ग्राम (9g shengjiang or green rhizomes)
एस्टर ९ ग्राम (9g ziwan or aster)
फ्लोसफारफारी ९ ग्राम (9g donghua or flosfarfarae)

रिजोमेब्लेकाण्डा ९ ग्राम (9g shegan or rhizomabelamcanda)
मन्चुरियन वाइड जिन्जर ५ ग्राम (6g xixin or manchurian wild ginger)
रिजोम डियस्कोरेआ १२ ग्राम (12g shanyao or rhizome dioscoreae)

प्रुक्टस औरान्टिममातुरस ६ ग्राम (6g zhishi or fructus aurantiiimmaturus)
ड्राइड टान्जेरिन वा सुन्तलाको बोक्रा ६ ग्राम  (6g chenpi or dried tangerine or orange peel) र
अगेराटम ९ ग्राम (9g huoxiang or ageratum)

यसरी मिलायर बनेको औषधीको धुलोलाई पानीमा उमालेर दैनिक एकदेखि तीन पटकसम्म (रोगको अवस्था हेरेर) खानापछि खानाले सङ्क्रमण कम हुने परम्परागत चिनियाँ उपचार पद्दती टीसीएम कम्पनीहरूको विश्वास रहेको छ ।

(आयुर्वेदिक उपचार पद्दतीसँग टीसीएमको समानता र भिन्नताबारे नेपालका आयर्वेदिक विज्ञहरुसँगको प्रतिक्रियासहित अर्को साता प्रकाशित गर्नेछौं -स.)

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ०० बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व