७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा स्थायी कमिटी बैठक : सरकारको राम्रो कामको प्रचार नगरेकोमा प्रधानमन्त्रीको गुनासो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठक १२ गतेसम्म स्थगित भएको छ ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । दुई अध्यक्षको सम्बोधन पछि १२ गतेसम्म बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको सकारात्मक ढंगले समीक्षा हुनुपर्ने बताएका छन् । ओलीले सरकारले राम्रो काम गर्दा समेत सबैतिरबाट असहयोग मात्र भएको गुनासो गर्दै सकारात्मक बन्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका हुन् ।

ओलीले सरकाको काम लगायत सबै पक्षमा सकारात्मक ढंगले समीक्ष गर्न आग्रह गरे । स्वस्थ्य र आलोचनात्मक ढंगले छलफल गरेर समस्याको समाधान निकाल्नेबाटोमा अघि बढ्न्पर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै, र्बठकमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन, देशको परिस्थिति र कम्युनिष्ट आदर्शबारे गम्भीर भएर छलफल गर्न जरुरी रहेको बताएका छन् ।

अब शुक्रबार फेरि बस्ने बैठकमा चौंथो एजेण्डाको रुपमा एमसीसीमाथि छलफल हुनेछ । स्थायी कमिटी सदस्यहरुको मुख्य ध्यान पनि यसपटक अन्य एजेण्डामा भन्दा एमसीसीमै केन्द्रित हुने बुझिएको छ ।

नेकपाभित्र एमसीसी जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने प्रधानमन्त्री ओली पक्षधरको मान्यता रहेको छ भने एमसीसी पासै गर्नुहुन्न या संशोधनसहित पास गर्नुपर्छ भन्ने धारको नेतृत्व अध्यक्ष प्रचण्ड, माधकुमार नेपाल झलनाथ खनालहरुले गरिरहेका छन् ।

दुवै गुटका स्थायी कमिटी सदस्यहरुले एकले अर्कोको कमजोरी माथि प्रहार गर्दै आफ्नो विषयलाई राख्ने तयारी गरेका छन् ।

सरकारको काम कारवाही बारे समीक्षा हुनेभएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयास र उपचारका सम्बन्धमा छलफल हुनेछ भने सीमा समस्याका विषयमा पनि छलफल हुने एजेण्डा तय गरिएको छ ।

यस्तै, पार्टी एकताको बाँकी रहेको कामको विषयमा समेत शुक्रबारै छलफल हुनेछ भने विविधमा रुकुम हत्याकाण्ड, नागरिकता लगायतको विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ५६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११