१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेकपा स्थायी कमिटी बैठक : सरकारको राम्रो कामको प्रचार नगरेकोमा प्रधानमन्त्रीको गुनासो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठक १२ गतेसम्म स्थगित भएको छ ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । दुई अध्यक्षको सम्बोधन पछि १२ गतेसम्म बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको सकारात्मक ढंगले समीक्षा हुनुपर्ने बताएका छन् । ओलीले सरकारले राम्रो काम गर्दा समेत सबैतिरबाट असहयोग मात्र भएको गुनासो गर्दै सकारात्मक बन्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका हुन् ।

ओलीले सरकाको काम लगायत सबै पक्षमा सकारात्मक ढंगले समीक्ष गर्न आग्रह गरे । स्वस्थ्य र आलोचनात्मक ढंगले छलफल गरेर समस्याको समाधान निकाल्नेबाटोमा अघि बढ्न्पर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै, र्बठकमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन, देशको परिस्थिति र कम्युनिष्ट आदर्शबारे गम्भीर भएर छलफल गर्न जरुरी रहेको बताएका छन् ।

अब शुक्रबार फेरि बस्ने बैठकमा चौंथो एजेण्डाको रुपमा एमसीसीमाथि छलफल हुनेछ । स्थायी कमिटी सदस्यहरुको मुख्य ध्यान पनि यसपटक अन्य एजेण्डामा भन्दा एमसीसीमै केन्द्रित हुने बुझिएको छ ।

नेकपाभित्र एमसीसी जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने प्रधानमन्त्री ओली पक्षधरको मान्यता रहेको छ भने एमसीसी पासै गर्नुहुन्न या संशोधनसहित पास गर्नुपर्छ भन्ने धारको नेतृत्व अध्यक्ष प्रचण्ड, माधकुमार नेपाल झलनाथ खनालहरुले गरिरहेका छन् ।

दुवै गुटका स्थायी कमिटी सदस्यहरुले एकले अर्कोको कमजोरी माथि प्रहार गर्दै आफ्नो विषयलाई राख्ने तयारी गरेका छन् ।

सरकारको काम कारवाही बारे समीक्षा हुनेभएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयास र उपचारका सम्बन्धमा छलफल हुनेछ भने सीमा समस्याका विषयमा पनि छलफल हुने एजेण्डा तय गरिएको छ ।

यस्तै, पार्टी एकताको बाँकी रहेको कामको विषयमा समेत शुक्रबारै छलफल हुनेछ भने विविधमा रुकुम हत्याकाण्ड, नागरिकता लगायतको विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ५६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम