५ पुस २०८२, शनिबार | December 20, 2025

निजी उद्योग-व्यवसायप्रति सरकारको अनुदारवादी रवैया



काठमाडौं । उद्योगी-व्यवसायीका दुई अग्रणी संगठन नेपाल उद्योग, वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले संसदमा विचाराधीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ प्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।

बुधबार प्रेस वक्तव्य जारी गर्दै एफएनसीसीआई र सीएनआईले विधेयक जस्ताको तस्तै पारित भए मुलुकको समग्र अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने चेतावनी दिएका छन् ।

दुबै संगठनले पब्लिक कम्पनीका नाममा निजी क्षेत्रलाई नियन्त्रण गर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

‘निजी क्षेत्रबाट संचालित उद्योग/प्रतिष्ठान/कम्पनीलाई नियमन गर्ने सम्बन्धमा प्रचलित कानूनले अन्य धेरै नियमनकारी निकायहरू व्यवस्था गरेको र ती नियमनकारी निकायहरू स्वयम् अख्तियारको निगरानीमा रहन्छन्’ विज्ञप्तिमा भनिएको छ ।

विधेयकको नियन्त्रणकारी प्रावधानले नेपालको निजी क्षेत्र चिन्तित र गम्भिर भएको भन्दै विज्ञत्तिमा उल्लेख गरिएको छ, ‘निजी क्षेत्रलाई नियमन गर्न पुनः अख्तियार (संवैधानिक निकाय) मार्फत प्रस्तावित विधयेकको प्रावधानले निजी क्षेत्र थप हतोत्साहित भएको छ र यसबाट मुलुकभित्र लगानीको वातावरण अनुकुल नबन्ने निश्कर्ष सम्पूर्ण निजी क्षेत्रको छ ।’

मंगलबार नै राष्ट्रियसभामा विधेयकबारे छलफल गरी पारित गर्ने योजना थियो । तर, मंगलबार बिहान उद्योगी व्यवसायीहरू, प्रतिपक्षी दल र सत्तारूढ नेकपाकै कतिपय सांसदको तिब्र विरोधपछि कार्यसूचिबाट हटाइएको थियो । सर्वत्र विरोध बढेपछि नेकपाले पनि सो विधेयकलाई थप छलफलपछि मात्र अघि बढाउने निर्णय गरेको छ ।

सरकारको अनुदारवादी रवैयाले निजी क्षेत्र हतोत्साही हुने र यसबाट देशको अर्थतन्त्रमा गम्भिर धक्का लाग्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ४८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य