२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । मनसुनी वायु र मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकाले बदली भएको हो ।

हाल देशका अधिकांश भू–भागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

बिहीबार दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेकाले ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको छ ।

यस्तै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ७ : ५० बजे

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय