७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पर्यटन र यातायात व्यवसायी सञ्चालन गर्न माग गर्दै व्यवसायीले बुझाए प्रदेश पर्यटनमन्त्रीलाई ज्ञापनपत्र



बुटवल । कोभिड १९ले पारेको प्रभाव र उपाय सहित प्रदेश ५ सरकारका उद्योग वन वातावरण तथा पर्यटन मन्त्री लिला गिरीलाई रुपन्देही तथा प्रदेश ५ मा क्रियाशिल पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघसंस्थाको तर्फबाट ज्ञापनपत्र बुझाएका छन ।

सरकारले रेड जोनमा पारेका रुपन्देही तथा प्रदेश ५ मा क्रियाशिल पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघसंस्थाको तर्फबाट बुधवार मन्त्री गिरीलाई ज्ञापनपत्र बुझाएका छन ।

ज्ञापन पत्रमा उनिहरुले देशको आथर््िाक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन होटल व्यवसाय, यातायात क्षेत्र, पार्क–उद्यान तथा ट्राभल, व्यूटी पार्लर, सैलुन व्यवसायको पुर्नजीवन र विकासका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट सरल र सहुलियत ब्याज दरमा ऋणको व्यवस्था गरिदिन प्रदेश सरकारसंग माग गरेका छन ।

त्यस्तै कोरोना भाइरसको कारणबाट देखापरेको जोखिमलाई न्यूनिकरण गर्न गरेको लकडाउनको अवधिभरको बैंक तथा वित्तिय संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याज छुट तथा लकडाउन समाप्त भएपछिको ६ महिना सम्म किस्ता रकम बुझाउने म्याद थप गर्नका लागि उनिहरुले सरकार समक्ष माग गरेका छन ।

कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेको अवस्थामा सबै पर्यटन व्यवसायीहरुको व्यापार व्यवसाय बन्द रहेकाले लकडाउनको अवधिभरको सरकारी स्वामित्वमा भएका घर तथा जग्गामा घरभाडा पूर्ण रुपमा छुट, तथा व्यक्तिगत स्वामित्वमा रहेका जग्गा तथा घरमा घरभाडामा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाउन माग गरेका छन भने पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायीहरुले प्रयोग गर्दै आएको विद्युत महशुल, खानेपानी महशुल तथा टेलिफोन, नेट महशुलमा लकडाउन अवधिभरको शुल्क छुट गर्न माग पनि माग गरेका छन् ।

त्यसैगरी कोभिड १९ का कारणबाट होटल व्यवसाय, यातायात क्षेत्र, ट्राभल व्यवसाय, व्यूटी पार्लर व्यवसाय, सैलुन व्यवसाय तथा पार्क उद्यान पूर्ण रुपमा बन्द भएकाले यस पेशामा आवद्ध मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएकाले उनीहरुलाई उचित राहत तथा अनुदानको व्यवस्था मिलाउन माग गरिएको छ ।

सरकारले कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरी गरेको लकडाउनका कारणबाट राज्यलाई बुझाउनु पर्ने मूल्यअभिवृद्धि कर, व्यवसाय कर तथा अन्य महशुलहरु बुझाउने समयावधी बढाउन र कुनै ब्याज जरिवाना नलिने व्यवस्था मिलाउन माग गरिएको छं ।
त्यस्तै राज्यको तर्फबाट होटल व्यवसाय, यातायात क्षेत्र, ट्राभल, व्यूटी पार्लर, सैलुन व्यवसाय तथा पार्क उद्यान जस्ता रेडजोनमा परेका व्यवसायी तथा मजदुर कर्मचारीको निःशुल्क कोरोना विमाको व्यवस्था मिलाउन माग गरेका छनं ।

उनिहरुले रेडजोनमा परेका पर्यटनसँग सम्बन्धित व्यवसायीहरुले सुरक्षित तरिका अपनाई आफ्रनो व्यवसाय संचालन गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छनं ।

पर्यटनमन्त्रीलाई सामुहिक रुपमा ज्ञापन पत्र बुझाउनेमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही, पश्चिम नेपाल बस ब्यवसायी प्रा. लि.बुटवल, मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवल,नेपाल घरेलु तथा साना उद्योग महासंघ, बुटवल , यातायात मजदुर तथा ब्यवसायी संघ, बुटवल ,ब्यूटीसियन, प्रदेश ५ र नेपाल एशोसियसन अफ ट्राभल एजेन्ट नाटा प्रदेश पांच रहेका छन । ज्ञापनपत्र बुभmदै मन्त्री गिरीले सरकारले गर्न सक्ने विषमा मुख्य मन्त्रीसंग सरसल्लाह गरि सहयोग गर्ने वातावरण मिलाउने बताएका थिए ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ९ : ३५ बजे

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने