४ पुस २०८२, शुक्रबार | December 20, 2025

चट्याङ्ग लागेर सप्तरीमा चार जनाको मृत्यु



सप्तरी । चट्याङ्ग लागेर बिहीबार बिहान सप्तरीमा एक महिलासहित चार जनाको मृत्यु भएको छ ।

बिहीबार बिहानदेखि परेको वर्षासँगै झरेको चट्याङ्गले महदेवा गाउँपालिकाका २ तथा डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको हो ।

महादेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर दुबै जना घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएको बेला चट्याङ्ग लागेर कोशी नदी छेउमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीका अनुसार डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव बिहान खेतमा धान रोप्न जाँदा चट्याङ्ग लागेर मृत्यु भएको छ ।

यसैगरी, राजगढ गाउँपालिका २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साहको पनि खेतमा काम गर्दै गरेको बेला चट्याङ् लागेको प्रहरीले जनाएको छ । घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल घरमा बसिरहेको बेलामै चट्याङ लागेर घाइते भएकी छन् ।

चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ११ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको