१९ माघ २०८२, सोमबार | February 3, 2026

चट्याङ्ग लागेर सप्तरीमा चार जनाको मृत्यु



सप्तरी । चट्याङ्ग लागेर बिहीबार बिहान सप्तरीमा एक महिलासहित चार जनाको मृत्यु भएको छ ।

बिहीबार बिहानदेखि परेको वर्षासँगै झरेको चट्याङ्गले महदेवा गाउँपालिकाका २ तथा डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको हो ।

महादेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर दुबै जना घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएको बेला चट्याङ्ग लागेर कोशी नदी छेउमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीका अनुसार डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव बिहान खेतमा धान रोप्न जाँदा चट्याङ्ग लागेर मृत्यु भएको छ ।

यसैगरी, राजगढ गाउँपालिका २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साहको पनि खेतमा काम गर्दै गरेको बेला चट्याङ् लागेको प्रहरीले जनाएको छ । घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल घरमा बसिरहेको बेलामै चट्याङ लागेर घाइते भएकी छन् ।

चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ११ : २० बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली