४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : अधिकांश क्षेत्रमा वर्षा, बाढी पहिरोको जोखिम



काठमाडौं । अहिले देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा आज देशका अधिकांश स्थानमा विहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानमुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा जारी रहने जनाएको छ । अधिक बर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका स्थानमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति देशका सबै प्रदेशमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको