७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा स्थायी कमिटी बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु दोस्रो दिनको बैठकमा आज नेताहरुले बोल्ने कार्यक्रम रहेको छ ।

आज वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल लगायत नेताहरुले बोल्ने कार्यक्रम रहेको बताइएको छ ।

स्थायी कमिटी सदस्यहरुले तय गरिएका एजेण्डामा आफ्नो विचार राख्नका लागि तयारी अवस्थामा रहेका छन् । विशेष गरी विवादित एमसीसी सम्भौता अनुमोदन गर्ने विषय र सरकार एवं पार्टीको समीक्षाका विषयामा सदस्यहरुले कडाइपूर्वक आफ्ना कुरा राख्ने बताएका छन् ।

बुधबार सुरु भएको बैठकको पहिलो दिन अध्ययद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा एकअर्कामाथि तितो पोखिएको भन्दै कतिपय सदस्यहरुले बैठकपछि निरासा समेत पोखेका थिए ।

दुई अध्यक्ष र नेता माधव कुमार नेपाल पक्षधरहरुबीच तिब्र घोचपेच हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १२ : १७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११