२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अध्यक्ष केपी ओलीको अनुपस्थितिमा नेकपा स्थायी कमिटी बैठक संचालन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको शुक्रबारको बैठक अध्यक्ष केपी ओलीको उपस्थिति बिना नै चलेको छ ।

अर्को काम भएको भन्दै महासचिव बिष्णु पौडेलमार्फत अध्यक्ष केपी ओलीको संदेश आएपछि बैठक सुचारु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आ-आफ्ना धारणा राखेका छन् ।

एजेण्डा अनुसार बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको जानकारी दिंदै भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेकाले वार्ता हुन नसकेको जानकारी दिएका थिए ।

ज्ञवालीले बैठकमा कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरेका थिए ।

ज्ञवालीले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट बैठकमा स्पष्ट पारेका थिए ।

आजको बैठकमा बैठकमा लिलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी श्रेष्ठले धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

बैठकको सुरुमा बस्नका लागि अध्यक्ष द्वयलाई सोफा र अन्यलाई कुर्चि राखिएकोमा सदस्यहरुले बिरोध जनाएपछि दुबै अध्यक्ष बस्ने स्थानबाट सोफा हटाएर कुर्चि राखिएको थियो ।

स्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ०५ बजे

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका