२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

आजको मौसम : देशभरको मौसममा सामान्य बदली, अधिकांश क्षेत्रमा वर्षाको संभावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

प्रदेश नं १, ५ र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेग गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । त्यस क्षेत्रमा भारि बर्षाको समेत सम्भावना रहेकाले आवशयक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा मध्ययमदेखि भारी बर्षा भएको छ ।

त्यस क्षेत्र भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्छ भन्दै महाशाखाले सतर्कताका लागि अनुरोधसमेत गरेको छ ।

आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा पूर्ण बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ०७ बजे

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका