४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलको रामनगरमा रोकीराखेको ट्रकमा ठोक्किदा दुुई जनाको मृत्यु



बुटवल । गएराति बुटवल– १० रामनगरमा सवारी दुर्घटनामा परेर दुुई जनाको मृत्यु भएको छ ।

रामनगरमा रोकी राखेको ट्रक ना ६ ख ६२४ नम्बरको गाडीमा बा १४ च ६८७९ नम्बरका छोटा हात्ती गाडी ठोकिँदा दुुर्घटना भएको हो ।

दुुर्घटनामा परी बुटवल ११ कालिकानगरका २१ वर्षिया सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षिया रोशन गुरुङको मृत्यु भएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । दुवै सवारी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका थिए ।

गुरुङको घटना स्थलमै र कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । छोटा हात्तीका चालक बुटवल ११ का २५ वर्षिया गोपाल दंगाल सामान्य घाइते भएका छन् ।

ट्रक बिग्रिएर बनाउन लाग्दा पछाडिबाट आएको छोटा हात्तीले ट्रकमा ठक्कर दिएको थियो । छोटा हात्तीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको