२१ माघ २०८२, बुधबार | February 5, 2026

बुटवल लगायत आसपासको क्षेत्रमा पनि देखियो सलह (फोटो फिचर)



बुटवल । नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ ।

भारतमा किसानहरुको प्रमुख सत्रुको रुपमा रहेको सलह किरा शनिबार नेपाल देखिए संगै मन्त्रालयको निश्कर्ष गलत सावित भएको हो । नेपालको प्रदेश २ का बारा र पर्सा जिल्लामा देखीएको सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखिएको छ ।

भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेका हुन् । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।

बुटवल आसपासमा देखिएको किरा सलह किरा नै रहेको प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले पुष्टी गर्नुभयो ।
खबरकुरासंग कुरा गर्दै उहाले कति संख्यामा आएको छ भन्ने एकिन भइनसकेको बताउदै सलह किरा नियन्त्रणका लागि पहिले देखि नै मन्त्रालय र निर्देशनालयले पूर्व तयारी गरेको हुदा यसको बिरुद्ध रणनितिक कार्यक्रमहरु तयार गरेको उहाले जानकारी दिनुभयो ।

दिउसो करिब एक बजे बुटवलको गोलपार्क, लक्ष्मीनगर, सुख्खानगर, रामनगर, कालिकानगर देवदहको चरङ्गे लगायतका क्षेत्रमा सलह किरा देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए ।

फोटो फिचर

तस्वीर : दिनेश कुमार श्रेष्ठ

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : २१ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता