४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल लगायत आसपासको क्षेत्रमा पनि देखियो सलह (फोटो फिचर)



बुटवल । नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ ।

भारतमा किसानहरुको प्रमुख सत्रुको रुपमा रहेको सलह किरा शनिबार नेपाल देखिए संगै मन्त्रालयको निश्कर्ष गलत सावित भएको हो । नेपालको प्रदेश २ का बारा र पर्सा जिल्लामा देखीएको सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखिएको छ ।

भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेका हुन् । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।

बुटवल आसपासमा देखिएको किरा सलह किरा नै रहेको प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले पुष्टी गर्नुभयो ।
खबरकुरासंग कुरा गर्दै उहाले कति संख्यामा आएको छ भन्ने एकिन भइनसकेको बताउदै सलह किरा नियन्त्रणका लागि पहिले देखि नै मन्त्रालय र निर्देशनालयले पूर्व तयारी गरेको हुदा यसको बिरुद्ध रणनितिक कार्यक्रमहरु तयार गरेको उहाले जानकारी दिनुभयो ।

दिउसो करिब एक बजे बुटवलको गोलपार्क, लक्ष्मीनगर, सुख्खानगर, रामनगर, कालिकानगर देवदहको चरङ्गे लगायतका क्षेत्रमा सलह किरा देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए ।

फोटो फिचर

तस्वीर : दिनेश कुमार श्रेष्ठ

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको