७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा स्थायी कमिटी बैठक : भारत सीमा वार्तामा बस्न नचाहे अन्तराष्ट्रियकरण गर्न माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्न माग गरिएको छ ।
नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्ने केही नेताहरुले भारतले मिचेको सीमा फिर्ता गर्न भारत तयार नभए अन्तराष्ट्रिय करण गर्न माग गरेका हुन् ।

नेपालले नयाँ नक्शा जारी गरेर भूगोललाई नक्शामा सामेल गरेपनि भारतले नेपालसँग वार्ता गर्नै अनिच्छुक देखिएका कारण सीमासम्बन्धी विषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने माग उठेको हो ।

तर, पहिलो प्रयास भने भारतसँग कुटनीतिक वार्ताबाटै गुमेको भूमिलाई फिर्ता गर्नुपर्ने नेताहरुले बताएका छन् । नेपालको गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधन मार्फत सार्वभौमिकता र भूमि रक्षाका लागि ऐतिहासिक पहल भएको नेताहरुले बताएका थिए ।

सीमा विवाद सम्बन्धि छलफल नसकी असार १६ गते सम्मका लागि स्थगित भएको छ । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार र शनिबार दुई सीमा विवाद सम्बन्धि छलफल चलेको थियो ।

शनिबार २१ जनाले आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । भूमि फिर्ताका लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताका साथ अगाडी बढ्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेका थिए ।

शनिबार देवेन्द्र पौडेल, सुरेन्द पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले आफ्नो धारणा राखेका थिए । यस्तै टोपबहादुर रायमाभी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्द कुमार प्रसाई, प्रदीप ज्ञवाली मणी थापा, घनश्याम भूसालले पनि आफ्नो धारणा राखेका छन् । यसैगरी, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, इश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कडेलले पनि शनिबारको बैठकमा आफ्नो धारणा राखेका थिए ।

शुक्रबारको बैठकमा उनुपस्थित भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा केही समय सहभागि भएका थिए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था अनुकुल नभएको जानकारी गराउँदै बैठकबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ४५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११