५ पुस २०८२, शनिबार | December 20, 2025

नेकपा स्थायी कमिटी बैठक : भारत सीमा वार्तामा बस्न नचाहे अन्तराष्ट्रियकरण गर्न माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्न माग गरिएको छ ।
नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्ने केही नेताहरुले भारतले मिचेको सीमा फिर्ता गर्न भारत तयार नभए अन्तराष्ट्रिय करण गर्न माग गरेका हुन् ।

नेपालले नयाँ नक्शा जारी गरेर भूगोललाई नक्शामा सामेल गरेपनि भारतले नेपालसँग वार्ता गर्नै अनिच्छुक देखिएका कारण सीमासम्बन्धी विषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने माग उठेको हो ।

तर, पहिलो प्रयास भने भारतसँग कुटनीतिक वार्ताबाटै गुमेको भूमिलाई फिर्ता गर्नुपर्ने नेताहरुले बताएका छन् । नेपालको गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधन मार्फत सार्वभौमिकता र भूमि रक्षाका लागि ऐतिहासिक पहल भएको नेताहरुले बताएका थिए ।

सीमा विवाद सम्बन्धि छलफल नसकी असार १६ गते सम्मका लागि स्थगित भएको छ । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार र शनिबार दुई सीमा विवाद सम्बन्धि छलफल चलेको थियो ।

शनिबार २१ जनाले आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । भूमि फिर्ताका लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताका साथ अगाडी बढ्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेका थिए ।

शनिबार देवेन्द्र पौडेल, सुरेन्द पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले आफ्नो धारणा राखेका थिए । यस्तै टोपबहादुर रायमाभी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्द कुमार प्रसाई, प्रदीप ज्ञवाली मणी थापा, घनश्याम भूसालले पनि आफ्नो धारणा राखेका छन् । यसैगरी, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, इश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कडेलले पनि शनिबारको बैठकमा आफ्नो धारणा राखेका थिए ।

शुक्रबारको बैठकमा उनुपस्थित भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा केही समय सहभागि भएका थिए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था अनुकुल नभएको जानकारी गराउँदै बैठकबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ४५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता