१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अमेरिकामा फेरि बढ्यो कोरोनाको लहर, एकै दिन थपिए ४० हजार संक्रमित



अमेरिकामा केही दिनदेखि घट्दै गएको कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ ।

कैयौं राज्यहरुमा फेरि भाइरसको संक्रमण बढेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाभर शनिबार एकैदिन संक्रमणको ४० हजार नयाँ केस रेकर्ड भएको छ । संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि ह्वाइट हाउसको टास्क फोर्सले मौजुदा अवस्थाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन नै गर्नुपरेको छ ।

यस अघि अप्रिल २४ मा एकै दिन ३६ हजार ४०० नयाँ केस देखिएको थियो ।

संक्रमणको मामिलामा देखिएको यो ताजा तथ्यांकले अमेरिकाका सबै ५० राज्यमा लकडाउन खोल्नुलाई जिम्मेवार मानिएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन हटाएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । लकडाउनका कारण अमेकिरामा अहिलेसम्म पचासौं लाख मानिसको रोजगारी गुमिसकेको छ ।

नियमित काम पुनः सुरु भएसँगै मानिसहरुले रोजगारी पाउन थालेका थिए । तर कोरोनाको संक्रमणको दोस्रो लहर आउन थालेपछि लकडाउनबारे गरिएको पूर्व विश्लेषणमाथि प्रश्न उठेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख २८ हजार बढीको ज्यान गैसकेको छ ।

२५ लाख ९६ हजार बढी संक्रमित भएका छन् भने त्यसमध्ये १० लाख ८१ हजार बढी निको भएर घर फर्किएका छन् । अझै पनि १३ लाख ८७ हजार जति कोरोनाका बिरामी रहेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : ५२ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो