१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

औषधिको नि:शुल्क होम डेलिभरी गर्दै इजी केयर, रगतको ‘स्याम्पल टेस्ट’ सुबिधा पनि



काठमाडौं । ‘औषधि घरमा, फोनकै भरमा’ नाराका साथ चार बर्ष देखि घरमै औषधि डेलिभरी गर्दै आएको अनलाइन फार्मेसी इजी केयर (easycare.ml)ले लकडाउनमा पनि हप्तामा सातै दिन र दिनमा चौबीसै घण्टा आफ्नो सेवालाई निरन्तरता दिएको छ।

काठमाडौ उपत्यकाको रिङरोडको पन्ध्र किलोमिटर बाहिर सम्म निःशुल्क होम डेलिभरी गरिने संस्थापक पवनराज घिमिरेले बताए। बिहान नौ बजे अगाडिको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी गरिने बताइएको छ। जीवन रक्षाका अत्यावश्यक औषधिको इमर्जेन्सी डेलिभरी समेत गरिने र रातिको इमर्जेन्सी डेलिभरीमा पाँच सय थप शुल्क लाग्ने घिमिरेले बताए।

इजी केयरको गोदाममा उपलब्ध नभएका औषधि बजारमा उपलब्ध भएसम्म खोजेर डेलिभरी गरिने घिमिरेले जानकारी दिए। नेपालमा उत्पादन नहुने औषधि बजारमा सर्टेज भएको अवस्थामा निश्चित समय लिएर बिदेशबाटै मगाएर उपलब्ध गराउने घिमिरेको दाबी छ।

रगतको ुस्याम्पल टेस्टुको सेवा पनि इजी केयरले दिँदै आएको छ। इजी केयरका स्वास्थकर्मी ग्राहकको घरमै गएर स्याम्पल संकलन गरी गुणस्तरीय ल्याबमा जाँच गरेर रिपोर्ट बुझाउने बताइएको छ। उक्त सेवाका लागि ल्याब शुल्क बाहेक ‘होम सर्भिस’को थप सय रुपैयाँ शुल्क लाग्नेछ। साथै घरमै डाक्टर बोलाउनु परेमा ‘डक्टर अन कल’को सुबिधा समेत छ।

ग्राहक र कर्मचारी दुबैको स्वास्थ प्रती सजग हुँदै कर्मचारीको नियमित स्वास्थ परिक्षण गरिने बताइएको छ। मास्क र सेनिटाइजर मात्र नभई आवस्यक पिपिईको प्रयोग गरि कर्मचारी होम डेलिभरीमा खटिएको अर्का संचालक सुप्रित बास्कोटाले जानकारी दिए।

डेलिभरीमा प्रयोग हुने सवारी साधनका साथै औषधि गोदाममा भित्र्याउँदा र ग्राहक कहाँ पठाउनु अगाडी प्याकेजिङ गरेपछी डिसइन्फेक्सन स्प्रे गरिने बास्कोटाले बताए। ग्राहकलाई पठाउने औषधिको प्याकेजिङ मान्यता प्राप्त फर्मासिस्टले गर्ने बास्कोटा बताउँछन्।

हरेक औषधिमा बाह्र प्रतिशत नगद छुट दिइने बताइएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै इजी केयरले इ-सेवा, आइएमई पे, खल्ती, फोन-पे, बैंक कार्ड, कनेक्ट लगायत माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ।

सनराइज बैंकको कार्डबाट भुक्तानी गर्दा थप दस प्रतिशत ‘क्यास ब्याक’ रहेको बताइएको छ। साथै अनलाइन भुक्तानी गर्न नसक्ने ग्राहकले डेलिभरीको समयमा नगद भुक्तानी गर्न सक्ने बास्कोटाले बताए।

लकडाउन पछि इजी केयरले आफ्नो सेवा पोखरा र बिराटनगरमा बिस्तार गर्ने बताइएको छ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : ३७ बजे

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

नमस्ते नेपालले युवा लक्षित ‘अब के ?’ बहस कार्यक्रम गर्दै

बुटवल । नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमाममा युवा लक्ष्यित अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना गर्ने र युवालाई रोजगारीको बाटो खोल्न र स्वदेशमै राख्ने वातावरण मिलाउने भिजन खोज्न कार्यक्रम गरिने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचना तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने छ ।  वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गराए । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।  कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी, प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते