७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

दीगो विकास मूलप्रवाहीकरणसम्बन्धी परीक्षण सूची पारित



काठमाडौं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले विधेयकलाई दिगो विकासको आयामबाट मूलप्रवाहीकरण गर्ने सन्दर्भमा विकास गरिएको परीक्षण सूचीसम्बन्धी मस्यौदा सर्वसम्मतिले पारित गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले परीक्षणसूचीमा समेटिनुपर्ने विषयमा समिति सदस्य सांसदको रायसुझाव लिएर मस्यौदालाई अन्तिम रुप दिएको हो ।

समितिका सभापति तारादेवी भट्टले परीक्षण सूचीलाई सर्वसम्मतिले पारित गरेको घोषणा गर्दै अन्तिम मस्यौदा छिट्टै प्रकाशन गरिने बताइन ।

बैठकले परीक्षण सूचीको खाका र थप छुटपुट विषयका सन्दर्भमा समिति सचिवालयले सांसद विमला पौड्यालसँग समेत समन्वय गरी अन्तिम रुप दिने निर्णय गरेको समितिले विज्ञप्तिमार्फत जनाएको छ ।

सुशासन प्रवद्र्धन र सन्तुलित विकास समिति कार्यशर्त भएका सन्दर्भमा समाजमा शान्ति, सदाचार प्रबर्धन र समन्यायिक विकासका लागि समितिले नियामक निकायसँंग छलफल गर्ने निर्णय पनि गरेको छ ।

कोभिड–१९ महामारीको समयमा समाजमा बढ्दै गएको जोखिम, बलात्कारलगायत शान्ति प्रतिकूल कार्य भएका सन्दर्भमा गृहमन्त्री, गृहसचिव र सुरक्षा निकाय प्रमुखलाई बैठकमा आमन्त्रण गरी अनुकूल र उपयुक्त समयमा छलफल गर्ने निर्णय गरिएको समितिका सचिव निर्मलादेवी लामिछानेले बताइन ।

उनले दिगो विकास र सुशासनलाई मूलप्रवाहीकरणका लागि सांसदको भूमिका कस्तो हुने भन्नेबारे परीक्षण सूचीको मस्यौदा तयार भएको र सांसदको सुझावलाई समावेश गरी एक साताभित्र प्रतिवेदन प्रकाशन गरिने जानकारी दिइन ।

दीगो विकास लक्ष्य ९सन् २०१६–२०३०० का लागि निर्धारण गरिएका १७ लक्ष्यलाई समेट्ने गरी दिगो विकासमा मूलप्रवाहीकरणका विषयलाई परीक्षण सूचीमा समावेश गरिएको छ ।

बैठकमा सांसद दीनानाथ शर्माले समितिका पूर्वनिर्धारित कार्यक्रम कोभिड–१९ महामारीका कारण प्रभावित भएको भन्दै सामाजिक दूरी कायम गरी वैठक बसेर बाँकी जिम्मेवारीलाई आगामी दिनमा पुरा गरिनुपर्ने बताएका थिए ।

सांसदद्वय खिमकुमार विश्वकर्मा, चक्रप्रसाद स्नेहीलगायतले समितिको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय प्रकृति संरक्षण, सुशासन प्रवद्र्धन तथा शनिबारदेखि नेपालका केही जिल्लामा प्रवेश गरेको सलह कीराको प्रकोप नियन्त्रणमा सरकारको तयारीलगायत विषयमा सरोकार भएकासँग छलफल गर्न माग गरे ।

साथै उनीहरुले कोभिड महामारीका कारण भएका आत्महत्यालगायत घटनाका सम्बन्धमा गृह मन्त्रालय र मातहत सुरक्षा निकायका प्रमुखसँग छलफल गरी जानकारी लिन पनि समिति सभापतिलाई आग्रह गरे ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ४ : ५२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल