१४ चैत्र २०८२, शनिबार | March 28, 2026

दीगो विकास मूलप्रवाहीकरणसम्बन्धी परीक्षण सूची पारित



काठमाडौं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले विधेयकलाई दिगो विकासको आयामबाट मूलप्रवाहीकरण गर्ने सन्दर्भमा विकास गरिएको परीक्षण सूचीसम्बन्धी मस्यौदा सर्वसम्मतिले पारित गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले परीक्षणसूचीमा समेटिनुपर्ने विषयमा समिति सदस्य सांसदको रायसुझाव लिएर मस्यौदालाई अन्तिम रुप दिएको हो ।

समितिका सभापति तारादेवी भट्टले परीक्षण सूचीलाई सर्वसम्मतिले पारित गरेको घोषणा गर्दै अन्तिम मस्यौदा छिट्टै प्रकाशन गरिने बताइन ।

बैठकले परीक्षण सूचीको खाका र थप छुटपुट विषयका सन्दर्भमा समिति सचिवालयले सांसद विमला पौड्यालसँग समेत समन्वय गरी अन्तिम रुप दिने निर्णय गरेको समितिले विज्ञप्तिमार्फत जनाएको छ ।

सुशासन प्रवद्र्धन र सन्तुलित विकास समिति कार्यशर्त भएका सन्दर्भमा समाजमा शान्ति, सदाचार प्रबर्धन र समन्यायिक विकासका लागि समितिले नियामक निकायसँंग छलफल गर्ने निर्णय पनि गरेको छ ।

कोभिड–१९ महामारीको समयमा समाजमा बढ्दै गएको जोखिम, बलात्कारलगायत शान्ति प्रतिकूल कार्य भएका सन्दर्भमा गृहमन्त्री, गृहसचिव र सुरक्षा निकाय प्रमुखलाई बैठकमा आमन्त्रण गरी अनुकूल र उपयुक्त समयमा छलफल गर्ने निर्णय गरिएको समितिका सचिव निर्मलादेवी लामिछानेले बताइन ।

उनले दिगो विकास र सुशासनलाई मूलप्रवाहीकरणका लागि सांसदको भूमिका कस्तो हुने भन्नेबारे परीक्षण सूचीको मस्यौदा तयार भएको र सांसदको सुझावलाई समावेश गरी एक साताभित्र प्रतिवेदन प्रकाशन गरिने जानकारी दिइन ।

दीगो विकास लक्ष्य ९सन् २०१६–२०३०० का लागि निर्धारण गरिएका १७ लक्ष्यलाई समेट्ने गरी दिगो विकासमा मूलप्रवाहीकरणका विषयलाई परीक्षण सूचीमा समावेश गरिएको छ ।

बैठकमा सांसद दीनानाथ शर्माले समितिका पूर्वनिर्धारित कार्यक्रम कोभिड–१९ महामारीका कारण प्रभावित भएको भन्दै सामाजिक दूरी कायम गरी वैठक बसेर बाँकी जिम्मेवारीलाई आगामी दिनमा पुरा गरिनुपर्ने बताएका थिए ।

सांसदद्वय खिमकुमार विश्वकर्मा, चक्रप्रसाद स्नेहीलगायतले समितिको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय प्रकृति संरक्षण, सुशासन प्रवद्र्धन तथा शनिबारदेखि नेपालका केही जिल्लामा प्रवेश गरेको सलह कीराको प्रकोप नियन्त्रणमा सरकारको तयारीलगायत विषयमा सरोकार भएकासँग छलफल गर्न माग गरे ।

साथै उनीहरुले कोभिड महामारीका कारण भएका आत्महत्यालगायत घटनाका सम्बन्धमा गृह मन्त्रालय र मातहत सुरक्षा निकायका प्रमुखसँग छलफल गरी जानकारी लिन पनि समिति सभापतिलाई आग्रह गरे ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ४ : ५२ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको