१३ असार २०८३, शनिबार | June 27, 2026

महाधिवेशन कार्यतालिका हेरफेर गर्न बोलायो काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदधाधिकारी बैठकले १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो ।

असार १६ गते मंगलबार दिउसो १ बजे बोलाउने निर्णय भएको कांग्रेस नेता रमेश लेखकले बताए ।

पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो ।

नेता लेखकका अनुसार असार मसान्त सम्म समायोजनको काम सक्ने, साउन मसान्तमा क्रियाशिल सदस्यता वितरण गर्ने, त्यसपछि उजुरी लिने र मंसिरमा सबै काम सकेर पुुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने विषयमा मोटामोटी छलफल भएको लेखकले बताए ।

कांग्रेसले यस अघि १४ औं महाधिवेशन आउँदो फागुन ७ गतेदेखि १० गते सम्मगर्ने निर्णय गरेको थियो । तर कोरोना भाइरसको कारण संक्रमण फैलिदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको थियो ।

कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

कांग्रेस नेता प्रकाशसरण महतले महाधिवेशन कार्यतालिकाला हेरफेर गर्ने नगर्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताए ।

महतले महाधिवेशनको अन्तिम मिति फागुन ७ नै राख्ने र त्यस अघि हुने क्रियाशिल सदस्यता तथा नवीकरणका कामको तालिका परिवर्तन गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : ४२ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को