२० माघ २०८२, मंगलबार | February 3, 2026

सलह किरालाइ कुखुरा र माछाको आहार बनाउने तयारी



धनगढी । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ ।

धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पुर्‍याउनसक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताउनुभयो । यसका लागि सलह किरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत प्रतिकिलो रु २५ प्रोत्साहनस्वरुप दिने निर्णय गरिएको छ । माछा र कुखुराका लागि पोषिलो दानाका रुपमा मरेको सलह किरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ ।

‘सकभर सलह किरा प्रदेशमा नभित्रियोस् भन्ने चाहना हो’, शर्माले भन्नुभयो, ‘भित्री हालेको अवस्थामा थाल ठटाउने, धुवाँ लगाउने होहल्ला गर्ने जस्ता उपाय अवलम्बन गरेर भए पनि किरा धपाउन कृषकलाई सचेत बनाउन लागिएको छ ।’ यो किराको पहिचान र नियन्त्रणका लागि सञ्चारमाध्यममार्फत प्रचारप्रसार कार्यसमेत गर्न लागिएको छ ।

क्षेत्रीय कृषि सेवा निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा सलह किराको नियन्त्रणलगायतको कामका लागि ‘रेपिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । यो किराले पुर्‍याउनसक्ने क्षति रोकथामको पहल गर्न जिल्लास्तरमा सरोकारवालासँग समन्वय गर्ने जिम्मा कृषि ज्ञान केन्द्रलाई दिइएको छ । असार १५ गते मनाइँदै आएको धान दिवस भने यस वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

धनगढी उपमहनगरपालिकाकाको तयारी

कृषि विज्ञले पश्चिम नेपालमा सलह किरा आउनसक्ने पूर्वअनुमान गरिएपछि धनगढी उप–महानगरपालिका यसको रोकथाम व्यवस्थापनको पूर्वतयारीमा जुटेको छ । आइतबार उप–महानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीको सहभागितामा सलहले पुर्‍याउने क्षति रोक्ने विषयमा छलफल गरिएको छ ।

नगरप्रमुख नृपबहादुर ओडले सलह किराले पुर्‍याउने सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको बताउनुभयो । उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यसको क्षति घटाउनका लागि अपनाइने उपायका बारेमा जिङ्गल बनाएर वा माइकिङ गरेर किसानसम्म सूचना पुर्‍याउने र वडातहबाट पनि सूचना प्रवाह गर्ने योजना बनेको बताउनुभयो ।

उपमहानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलह किराको प्रकोप रोक्न विषादी प्रयोगका अलावा किराले प्रजनन् गर्नसक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुन पानी छर्किने, झुलजालको प्रयोग गर्न सकिने लगायतका नियन्त्रणका विधि पनि अपनाउन सकिने बताउनुभयो । रासस

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ३६ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको