२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

एनपीएलमा आज कर्णाली-सुदूरपश्चिम र चितवन-पोखरा भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर किङ्स र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै लगातार दुई जित निकालेको थियो ।

सुदूरपश्चिम रोयल्स भने अंक तालिकाको छैटौं स्थानमा छ । चार खेल खेलेको उसले दुईमा जित र दुईमा हार बेहोरेको छ । पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै प्रतियोगितामा जितको खाता खोलेको सुदूरपश्चिम दोस्रो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको सुदूरपश्चिम चौथो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

तीन खेल खेलेको चितवन अंक तालिकाको सातौं स्थानमा छ। उसले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको चितवनको लुम्बिनी लायन्ससँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा भने चितवनले विराटनगर किङ्सलाई हराउँदै पहिलो जित निकालेको थियो ।

पोखरा एभेन्जर्स भने अंक तालिकाको पुछारमा छ । तीन खेल खेलेको पोखराले तीनै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा लुम्बिनी लायन्स, दोस्रो खेलमा जनकपुर बोल्ट्स र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको पोखरा आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ८ : १५ बजे

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

रविको प्रश्नपछि बालेनको जवाफ : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी । फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने