४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : अधिकांश क्षेत्रमा पानी पर्ने, केही स्थानमा बाढी पहिरोको जोखिम



काठमाडौं । अहिले देशभर मनसुनी (दक्षिण पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहनुकासाथै मनसुनी न्युन चापीय रेखा पनि नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको छ भने केही स्थानहरुमा वर्षा भईरहेको छ। पछिल्लो ३ घण्टा सुदरपश्चिम प्रदेश र प्रदेश ५ का अधिकांश स्थानमा हल्कादेखि मध्यम बर्षा भएको छ ।

जसका कारण मोहना, मछेली, कान्द्रा लगायत कैलाली, कञ्चनपुर, सुर्खेत र डोटी भई बहने साना खोलामा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, २, ५ र सुदुरपश्चिम प्रदेशका एक, दुइ स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको