१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ईनरव्हिल क्लब अफ मिड्टाउन बुटवलको प्लान अफ एक्सन सार्वजनिक



बुटवल । ईनरव्हिल क्लब अफ मिड्टाउन बुटवलले बर्ष २०२०/०२१को प्री बोर्ड मिटिङ सम्पन्न गरेको छ ।

लक्ष्मी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिठु टण्डनले आफ्नो वार्षिक कार्ययोजना ९प्लान अफ एक्सन०सार्वजनिक गरेकी थिईन । अध्यक्ष टण्डनले महिलाहरुको क्षेत्रमा विभिन्न तालिम, स्वास्थ्य सचेतना लगाएतका कार्यक्रम संगै केही पुराना कार्यक्रम हरुलाई निरन्तरता दिने बताईन ।

कोरोनाको कारणले पद हस्तान्तरण समेत नभएको क्लवको सामाजिक दुरि कायम गर्दै हस्तान्तरण गरिने निवर्तमान अध्यक्ष क्षेत्रीले जानकारी दिइन । डिस्ट्रीक ३५० डिस्ट्रीक चेयरमेन समिरा ध्वजुले महिलाहरुको सस्थाले महिला संगै अन्य क्षेत्रमा पनि काम गरेको बताईन ।

कार्यक्रममा क्लवकी चार्टर प्रेसिडेन्ट आशा श्रेष्ठले नया टिमले रचनात्मक काम गर्न शुझाब दिएकी थिइन । कार्यक्रममा इनरव्हिल क्लब अफ बालाजुले आयोजना गरेको कबिता प्रतियोगितामा प्रथम भएकी रञ्जु गौतमलाई सम्मान समेत गरिएको थियो ।

नेपाल भरी रहेका इनरव्हिल क्लवहरु विच अनलाइन माध्यमबाट आयोजना गरिएको कबिता प्रतियोगितामा इनरव्हिल क्लब अफ मिड टाउन बुटवलकी सचिव रञ्जु गौतम घिमीरेले कोभिड १९ शिर्षकमा कबिता बाचन गरेकी थिइन । कार्यक्रममा ३९ जना सहभागी भएका थिए ।

बैठकले पत्रकार कल्पना डुम्रेलाई प्रेस सल्लाहकार चयन गरेको छ । कार्यक्रममा क्लवका वमी पुन, सरस्वती श्रेष्ठ, भारती जोसि, बबिता श्रेष्ठ, क्लवका आईभिपी, पिपि, आईडब्लु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : ३६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’