५ पुस २०८२, शनिबार | December 20, 2025

ईनरव्हिल क्लब अफ मिड्टाउन बुटवलको प्लान अफ एक्सन सार्वजनिक



बुटवल । ईनरव्हिल क्लब अफ मिड्टाउन बुटवलले बर्ष २०२०/०२१को प्री बोर्ड मिटिङ सम्पन्न गरेको छ ।

लक्ष्मी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिठु टण्डनले आफ्नो वार्षिक कार्ययोजना ९प्लान अफ एक्सन०सार्वजनिक गरेकी थिईन । अध्यक्ष टण्डनले महिलाहरुको क्षेत्रमा विभिन्न तालिम, स्वास्थ्य सचेतना लगाएतका कार्यक्रम संगै केही पुराना कार्यक्रम हरुलाई निरन्तरता दिने बताईन ।

कोरोनाको कारणले पद हस्तान्तरण समेत नभएको क्लवको सामाजिक दुरि कायम गर्दै हस्तान्तरण गरिने निवर्तमान अध्यक्ष क्षेत्रीले जानकारी दिइन । डिस्ट्रीक ३५० डिस्ट्रीक चेयरमेन समिरा ध्वजुले महिलाहरुको सस्थाले महिला संगै अन्य क्षेत्रमा पनि काम गरेको बताईन ।

कार्यक्रममा क्लवकी चार्टर प्रेसिडेन्ट आशा श्रेष्ठले नया टिमले रचनात्मक काम गर्न शुझाब दिएकी थिइन । कार्यक्रममा इनरव्हिल क्लब अफ बालाजुले आयोजना गरेको कबिता प्रतियोगितामा प्रथम भएकी रञ्जु गौतमलाई सम्मान समेत गरिएको थियो ।

नेपाल भरी रहेका इनरव्हिल क्लवहरु विच अनलाइन माध्यमबाट आयोजना गरिएको कबिता प्रतियोगितामा इनरव्हिल क्लब अफ मिड टाउन बुटवलकी सचिव रञ्जु गौतम घिमीरेले कोभिड १९ शिर्षकमा कबिता बाचन गरेकी थिइन । कार्यक्रममा ३९ जना सहभागी भएका थिए ।

बैठकले पत्रकार कल्पना डुम्रेलाई प्रेस सल्लाहकार चयन गरेको छ । कार्यक्रममा क्लवका वमी पुन, सरस्वती श्रेष्ठ, भारती जोसि, बबिता श्रेष्ठ, क्लवका आईभिपी, पिपि, आईडब्लु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : ३६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता