७ आश्विन २०८३, बुधबार | September 23, 2026

ईनरव्हिल क्लब अफ मिड्टाउन बुटवलको ११ औं पदहस्तान्तरण



बुटवल । ईनरव्हिल क्लब अफ मिड्टाउन बुटवलको ११ औं पदहस्तान्तरण कार्यक्रम बुटवलमा भएको छ ।

लक्ष्मी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वर्ष २०२० /२०२१ का लागि नवनिर्वाचित अध्यक्ष मिठु टण्डनको नेतृत्वले पदभार ग्रहण गरेको छ । सोहि अबसरमा नया अध्यक्ष टण्डनले आफ्नो वार्षिक कार्ययोजना र प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

टण्डनले महिलाहरुको क्षेत्रमा विभिन्न तालिम, स्वास्थ्य सचेतना लगाएतका कार्यक्रम संगै केही पुराना कार्यक्रम हरुलाई निरन्तरता दिने बताउनुभयो ।

टण्डनले वर्ष २०१९ /२०२० का अध्यक्ष लक्ष्मी श्रेष्ठबाट पदभार गर्नुभएको हो । सो कार्यक्रम ईनरव्हिलका डिष्टिक ३५० का निर्वतमान डिस्ट्रीक चेयरमेन समिरा ध्वजुको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा क्लवको वर्ष २०२०/२०२१ को डाइरेक्टरी विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा बर्ष २०१९ /२०२० सचिवका सिता खनालले २०२०/२०२१ का सचिव रञ्जना गौतमलाई माइनन्युट हस्तान्तरण गर्नुभयो । सो अबसरमा चार्टर प्रेसीडेन्ट आशा श्रेष्ठ, सल्लाहकार भारती जोशी, कार्यक्रम संयोजक तथा सल्लाहकार राधा भट्टराई, पत्रकार रिमा बिसी लगायत बोलेका थिए ।

क्लवले आफ्ना गतिबिधि प्रचार प्रसारमा योगदान पुर्याएको भन्दै पत्रकार अस्मिना पान्डे, कल्पना डुम्रे ज्ञवाली, र पुजा पन्थीलाइ सम्मान गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ३४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज