१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

मल र बीउ अभावकै बीच रोपाईंमा व्यस्त छन् किसान, भैंसेपाटीमा रमाए वामदेव र तुलसा



काठमाडौं । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । विभिन्न कार्यक्रम गरी देशैभर धान दिवस मनाइएको छ ।

कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले ललितपुरको खुमलटारमा औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ ।

कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा उपस्थित भएएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझैपनि बन्न नसकेको बताए । श्रेष्ठले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाई भइरहेको जिकिर गर्दै कृषि अनुसन्धान र किसानको बिचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको धारणा राखे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताए । सचिव भारीले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताए । भारीले कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको जिकिर गरे ।

नेपाल कृषि अनुसन्धान परिषद्का कायएकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताए । नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने उनको धारण थियो । उनले परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने जिकिर गरे ।

नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानीका निर्देशक हरिकृष्ण उप्रेतीले यस वर्ष असार १५ सम्म २२ प्रतिशत जमिनमा धान रोपाई सम्पन्न भएको जानकारी दिए । उनले उच्च पहाडि क्षेत्रमा करिब ३५ प्रतिशत, पहाडि क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा धान लगाउन सुरु गरिएको बताए ।

निर्देशक उप्रेतीले सलह किराबाट धानको बिउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्ने लगायतका काम गर्न किसानहरुलाई सुझाव पनि दिए ।

भैंसेपाटीमा रमाए वामदेव र तुलसा

ललितपुरको भैसेपाटीमा आयोजित धान दिवस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष बामदेव गौतम र पत्नी तुलसा थापा रमाएका छन् ।

त्यसक्रममा उपाध्यक्ष गौतमले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राखे ।

नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहेका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु¥याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताए ।

गौतमले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताए ।नेता गौतमले खासखास ठाउँमा नोक्सान पु¥याउने भए तापनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपु-याउने दाबी गरे ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  २ : ५० बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट