२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमसीसी सम्झौता कार्यान्वयन सुरु हुने समय थप हुँदै



काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज एकाउन्टको कार्यान्वयन सुरु हुने समय थप हुने भएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले सोमबार विज्ञप्ति प्रकाशित गरी समय थप हुने प्रष्ट संकेत गरेको हो ।

मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको उल्लेख गर्दै एमसीएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा भने विश्वव्यापी कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मिति ९म्बतभ या भ्लतचथ ष्लतय ँयचअभ० मा पुनर्विचार आवश्यक देखिएको छ ।’

असार १६ गतेसम्म एमसीसी सम्झौतालाई नेपालको संसदले अनुमोदन गरेर कार्यान्वयनको सुरुवात गर्नुपर्ने पूर्वशर्त रहेको थियो ।

तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीबारे तिब्र विरोध भएपछि संसदबाट पारित हुने प्रक्रिया अघि बढ्न सकेको छैन । नेकपाको स्थायी कमिटी बैठकबाट एमसीसीबारे के गर्ने भन्नेबारेमा निर्णय हुन बाँकी छ ।

जारी स्थायी कमिटी बैठक भोलि अर्थात असार १६ गते पुनः बस्दैछ । सम्भवतः भोलिको छलफलको एजेण्डामा एमसीले प्रवेश पाउनेछ । उता, एमसीसी पास गर्नुपर्ने प्रतिनिधिसभा भने यसअघि नै असार १७ गतेसम्म स्थगित भैसकेको छ ।

एमसीसी अनुमोदनको म्याद भोलिसम्म थप नगरिए स्वतः नेपालबाट खारेज हुनेअवस्था थियो । तर, एमसीएले पूर्वनिर्धारित कार्यातालिका परिवर्तनको संकेत दिएर कार्यान्वयनका लागि अझै कुर्ने जनाएको छ ।

एमसीएले भनेको छ, ‘एमसीए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ ।’

निर्धारित समयमा एमसीसी अनुमोदन नहुने देखिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग गतहप्ता टेलिफोनमा कुराकानी गरेका थिए । यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसीका नेपालस्थित अधिकारीहरुसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ०० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको