७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग, ‘एमाले’ प्रवेशपछि बैठकको एजेण्डा बिथोलियो



काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा तरङ् फैलिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि अस्तित्वमा नरहेको एमाले नाममा नयाँ पार्टी दर्ता गर्न झापाकी एक महिला निर्वाचन आयोग पुगेपछि बालुवाटार बैठकमा प्रश्न उठेको हो ।

स्थायी कमिटी बैठक पछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा एमाले नामको पार्टी आयोगमा दर्ता गर्न लागिएकोबारे छलफल भएको बताए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनको विषयमा छलफल भएको बताए । बैठकमा मंगलबार सीमा समस्या सम्बन्धि छलफल सकाएर कोभिड—१९ को विषयमा कार्यसूची रहको थियो ।

सरकार हटाउन भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मंगलबार स्थायी समिति सोही विषयमा केन्द्रीत भएको थियो ।

प्रवक्ता श्रेष्ठले भने, ‘सीमा समस्या सम्बन्धी बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड—१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो । तर, अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महशुस गरेर स्थायी समितिले मदन जयन्तीका अवशरमा प्रधानमन्त्रीले सरकार हटाउन खोजेको, भारतसँग सम्बन्धि विषय र पार्टीका नेताहरुको संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल आवश्यक भयो ।’, उनले थपे, ‘२ दिन अघि निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताका लागि आवेदन परेको कुराको सन्दर्भमा पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने विषयमा स्पष्ट हुनका लागि छलफल भयो ।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रकै कसैको संलग्नता र निर्देशनमा आयोगमा निवेदन पर्यो कि अन्य कोही असम्बन्धित व्यक्तिले दर्ता गराउन खोजेको भन्दै प्रश्न उठाएका थिए । तर बैठकमा प्रधानमन्त्री ओलीले आफुले दिएको अभिव्यक्तिका विषयमा प्रष्ट परेका थिए ।
ओलीले आफु नेकपाकै अध्यक्ष भएको जवाफ दिएका थिए ।

आइतबार प्रधानमन्त्री ओलीलाई आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीकै नेताहरु मिलेर गम्भीर षड्यन्त्र गरिरहेको दाबी गरेका थिए । त्यसपछि, नेकपाकै शिर्ष नेताहरु बीच पुनः घोचपेच र शंका उपशंका सुरु भएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले गम्भीर आपत्ति प्रकट गर्दै प्रमाण पेश गर्न चुनौती दिएका छन् । अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले ओली सरकार र पार्टी संचालन गर्न असफल भएको भन्दै एक पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन् ।

पछिल्लो अभिव्यक्तिपछि ओलीले सरकार र पार्टीको नेतृत्व गर्ने हैसियत गुमाएको एक स्थायी कमिटी सदस्यले खबरकुरालाई बताए । अध्यक्ष ओलीले आफुलाई पार्टीभित्रबाट असहयोग भएको गुनासो गर्दै आएका छन् ।

शंका उपशंकाकै अलमलबाट गुर्जिएको पार्टीमा एक्कासी निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता गर्न कोही व्यक्ति पुग्नुले झन ठूलो शंका जन्माएको छ । जसका कारण, मंगलबार तय गरिएको एजेण्डामा प्रवेश नै नगरी स्थायी कमिटीको बैठक भड्किएको छ । ओली इतरका नेताहरुले आइतबार बोलिएको अभिव्यक्तिप्रति ओलीले स्पष्टिकरण दिनुपर्ने माग गरिरहेका छन् ।

मंगलबार अध्यक्षप्रचण्डसहित १८जना नेताले आफ्नो धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर विषय प्रवेश गराएका थिए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ५० बजे

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले