२३ श्रावण २०८३, शनिबार | August 8, 2026

कपिलवस्तुमा जनता समाजवादी पार्टीको विरोध प्रर्दशन



कपिलवस्तु । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा जनता समाजवादी पार्टीले सरकारको विरुद्ध विरोध सभा गरेको छ ।

सरकारले ल्याएको नागरीकता संसोधन विरुद्ध जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र पेश गर्दे विरोध प्रदर्शन गरेका छन् ।

नेपाली नागरिकसँग वैवाहिक सम्वन्ध कायम गरेका र नेपालमै स्थायी रुपमा बसोवास गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणको आधारमा वैवाहिक अगिकृत नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउन उनीहरुले माग गरे ।

यसैगरी, लैगिक विभेद अन्त्य गरी पुर्ण समानता कायम गराउन, गोर्खा भर्तीमार्फत विदेशी सेनामा कार्यरतहरुको सन्तानलाई गैरनागरिक बनाउने प्रवधान हटाई तिनीहरुलाई नागरिकता दिने व्यवस्था मिलाउन माग राखिएको छ ।

यस्तै यौनिक तथा लैगिंक अल्पसंख्यकहरु लाई नागरिकताको लागी लैगिंक परिक्षण गर्नुपर्ने प्रावधान हटाउन तथा उनि हरुले स्वघोषणा गरेको लैर्गिक पहिचानलाई मान्यता दिइ नागकिता प्रदान गर्न व्यवस्था गर्न ज्ञापन पत्रमा उल्लेख छ ।

सम्पुर्ण नागरिकहरुलाई समान व्यवहार गरी राज्यका सवै नागरिकहरुको अभिभावक बन्न सरकारलाई आग्रह गरेको पुर्व समाजवादी पार्टीका अध्यक्ष शैलेन्द यादवले बताए ।

यस्तै गरी विभेद ,निषेध र बहिष्करण कायमै रहने हो भने जनताको आन्दोलित हुने अधिकार कसैले रोक्न नसक्ने पुर्व राष्टिय जनता पार्टीका अध्यक्ष कैलाश अग्रहरीले बताए । ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : २३ बजे

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,