२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दैलेखमा साढे दुई लाख घुससहित चार जना अख्तियारको नियन्त्रणमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित ४ जनालाई पक्राउ गरेको छ ।

दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं ३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पछि भुक्तानीका क्रममा घुस मागेको अभियोगमा अख्तियारले ती चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द, रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे रहेका छन् ।

भुक्तानीमा सहजीकरण गरिदिने मल्ल र चन्दले सेवाग्राहीसँग घुस मागेको उजुरी सुर्खेतस्थित अख्तियार कार्यालयमा परेको थियो ।
उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले मल्ललाई कार्यालय परिसरबाट र चन्दलाई फिल्डबाटै नियन्त्रणमा लिएको थियो । उनीहरुको खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार सोह्र रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

घुस माग्ने कार्यमा संलग्नता देखिएपछि श्रेष्ठ र पाण्डे समेतलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ३ : २८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार