१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

दैलेखमा साढे दुई लाख घुससहित चार जना अख्तियारको नियन्त्रणमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित ४ जनालाई पक्राउ गरेको छ ।

दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं ३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पछि भुक्तानीका क्रममा घुस मागेको अभियोगमा अख्तियारले ती चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द, रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे रहेका छन् ।

भुक्तानीमा सहजीकरण गरिदिने मल्ल र चन्दले सेवाग्राहीसँग घुस मागेको उजुरी सुर्खेतस्थित अख्तियार कार्यालयमा परेको थियो ।
उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले मल्ललाई कार्यालय परिसरबाट र चन्दलाई फिल्डबाटै नियन्त्रणमा लिएको थियो । उनीहरुको खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार सोह्र रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

घुस माग्ने कार्यमा संलग्नता देखिएपछि श्रेष्ठ र पाण्डे समेतलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ३ : २८ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति