२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अछामका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ३० पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको रामरोशनका ४५ वर्षीय पुरुषको असार १४ गते कोरोनाबाट मृत्यु भएको हो ।

असार १३ गते स्वाश्वप्रश्वासमा समस्या भै बयलपाटास्थित अस्पतालमा उपचारका लागि पुगेका ती पुरुषको १४ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । उनी मधुमेहका रोगी थिए ।

मृत्युपश्चात उनको स्वाब संकलन गरी १५ गते पीसीआर परीक्षण गरिएको थियो । १६ गते उनको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए ।

उनीसँगै रहेका अन्य दुई जना कुरुवाको भने पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ ।

यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ४ : ४७ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार