७ कार्तिक २०८३, शनिबार | October 25, 2026

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० प्रोत्साहन भत्ता दिने



काठमाडौं । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० प्रोत्साहन भत्ता दिने भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषि बाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिए ।

टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिड लगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।

यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ ।

टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  १० : ०८ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र