५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारले संसद अधिवेशन अन्त्यपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित, दुई अध्यक्षबीच छलफलको तयारी



काठमाडौं । गत मंगलबारदेखि नाटकीय रुपमा तिब्र अन्तसंघर्ष बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र थप तरङ्ग उत्पन्न भएको छ ।

सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बिहीबार मध्यान्न बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले बिहीबारै साँझ ५ बजेदेखि अधिवेशन अन्त्य गरिसकेकी छिन् ।

मन्त्रिपरिषद् बैठक लगत्तै सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए । बैठक सुरु भएको केही समयसम्म ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष प्रचण्डले बैठक केही बेरका लागि स्थगित गरेका थिए ।

अब बैठक द्ई अध्यक्षबीच छलफल भएपछि मात्र बस्नेछ ।

आफुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने प्रचण्ड–नेपाल गुटको निर्णयपछि मर्माहत भएका ओलीले संसदको अधिवेशन अन्त्य गरिदिएर फायर खोलेपछि स्थायी कमिटी बैठक समेत प्रभावित बन्न पुगेको हो ।

आफुलाई कमजोर हुनेगरी गरिने निर्णयहरुलाई कमजोर बनाउन ओलीले अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ ।

नेकपा स्थायी कमिटी बैठकले बुहमतले निर्णय गरेर पार्टी अध्यक्षबाट हट्न दबाब दिए पनि ओलीले त्यसलाई अस्वीकार गर्नेगरी नयाँ रणनीति बनाउन समय प्राप्त गरेका छन् ।

कसैगरी केन्द्रीय कमिटी बैठकले समेत ओलीले निर्णय गरेमा पनि संवैधानिक प्रावधान अनुसार ओलीलाई संसदीय दलबाट हटाउन सहज अवस्था छैन । यदि संसदीय दलमा पुनः निर्वाचन गर्ने अवस्था आयो भने ओलीले ल्याउन लागेको भनिएको संभावित दल विभाजनसम्बन्धी अध्यादेशले नेकपा नै फुटाइदिने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  २ : ५९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता