१३ असार २०८३, शनिबार | June 27, 2026

राष्ट्रपति भेटर प्रचण्ड बालुवाटार फर्किए, नेकपा स्थायी कमिटी बैठक पुनः सुरु



काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अचानक अन्त्य गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अन्तसंघर्ष झन बढी पेचिलो बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटे लगत्तै आयोजना गरेको मन्त्रिपरिषद् बैठकबाट बिहीबार मध्यान्न संसद अधिवेशन अन्त्य गर्ने निर्णय भएको थियो । त्यसलगत्तै राष्ट्रपतिले संसद अधिवेशन अन्त्य भएको घोषणा गरिन ।

दिउ्रँसो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका छन् । त्यसपछि भने बालुवाटारमा नेकपा बैठक पुनः सुरु भएको छ ।

मन्त्रिपरिषद् बैठक सकिए लगत्तै बसेको नेकपा स्थायी कमिटी बैठक केहीबेरमै स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच केहीबेर छलफल भएको थियो ।

छलफल सकारात्मक नभएपछि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका हुन् ।

प्रचण्ड फर्किएपछि बैठक पुन सुचारु भएको हो । तर बैठकमा ओली भने उपस्थित छैनन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ४ : २६ बजे

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले