१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेकपा अन्तर्संघर्ष चरमोत्कर्षमा, स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित भएको छ ।

गत मंगलबारदेखि नियमित एजेण्डाबाट भड्किएर शिर्ष नेतृत्वबीचको अन्तसंघर्षमा अल्मलिएको स्थायी कमिटी बैठक बिहीबार दुई पटक बसेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुसँग भने, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’

बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएको थियो तर संसद् अधिवेशन अन्त्य गर्नुभयो भनेर ब्रिफिङ गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले विवाद समाधानका लागि अधिकतम छलफल गर्ने भन्दै बैठक स्थगित गरिएको एक नेताले बताए ।

गत आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफुलाई पदबाट हटाउन भारत र पार्टीका नेताहरु लागेका छन् भन्ने अभिव्यक्ति दिएपछि मंगलबारको बैठक त्यसै विषयमा भड्किएको थियो ।

ओली इतरका नेताहरुले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्ने माग राख्दै बैठकमा बोलेका थिए । बुधबार केही बेर बसेको बैठकमा ५ जना नेताले मात्रै बोलेका थिए ।

तर बुधबार बिहान ओलीले आफु निकट नेताहरु र केही मन्त्रीहरुसँग छलफल गरे भने साँझ प्रचण्ड माधव नेपाल समुहका नेताहरुले ललितपुरको झम्सिखेलस्थित एक रेष्टुरेन्टमा भेला भएर ओली विरुद्ध एक भएर अघि बढ्ने निर्णय गरे ।

बिहीबार बिहान प्रचण्डसँग ओली निकट नेताहरुले भेट गरी सहमतिको प्रस्ताव गरे ।

त्यसलगत्तै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरे । केहीबेरमै मन्त्रिपरिषद्को बैठक बसालेर संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरे । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरिन ।

संसद अधिवेशन अन्त्यको अचानक सूचना प्राप्त गरेपछि स्थायी कमिटी बैठक प्रभावित भयो र केहीबेरमै स्थगित भयो ।

त्यसलगत्तै अध्यक्ष प्रचण्डले समेत राष्ट्रपति भण्डारीलाई भेट गरे । भण्डारीसँग प्रचण्डको भेटलगत्तै बालुवाटारमै पुनः स्थायी कमिटी बैठक बस्यो । तर केहीबेरमै शनिबार बस्नेगरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ४ : ५५ बजे

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका