४ पुस २०८२, शुक्रबार | December 19, 2025

सत्याग्रहीलाई भेटन प्रधानमन्त्री ओली ह्याम्स अस्पताल पुगे



काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन्।

गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ईसान अधिकारी र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो।

अभियन्ताहरुलाई हस्पिटल लगिएको केहि बेरमा नै प्रधानमन्त्री ओली उनीहरुलाई भेट्न अस्पताल पुगेका हुन्। हाल एमर्जेन्सीमा रहेका पुकार र ईसानसँग प्रधानमन्त्रीले सबैमाग पुरा हुने आश्वासन दिंदै अनसन टोड्न आग्रह गरेका थिए । बम र अधिकारीले आफ्नो मागहरु राख्न वार्ताको वाताबरण बनाईदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी अधिकारी, बम लगायत ललितपुरको पाटन दरबार स्क्‍वायरमा एक सातादेखि अनशनमा बसेका थिए ।

उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ९ : ४६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज